2 years ago
February 3, 2024
महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब तेस्रो संस्करणको मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको फाइनलमा गण्डकी प्रदेशको पुरुष भलिबल टोलीमाथि ३–१ को सेटमा जित हात पार्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो ।
सुरुवाती सेट २१–२५ ले गुमाएपनि त्यसपछि एपिएफले सबै तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । पहिलो सेट गुमाएको एपिएफले त्यसपछिको तीन सेट क्रमशः २५–१६, ३०–२८ र २५–२१ ले जित्न सफल भयो । यसअघि समूह चरणमा पनि एपिएफले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
वर्ष २०८० मा एपिएफको यो तेस्रो उपाधि हो । यसअघि एपिएफले काठमाडौंमा भएको प्रथम पोष्ट बहादुर कप र हेटौंडामा भएको केशल स्मृति खुल्ला पुरुष भलिबलमा च्याम्पियन बनेको थियो । यता गण्डकी भने चौथो उपाधि जित्नबाट वञ्चित रह्यो । गण्डकीले मुख्यमन्त्री प्रदेशस्तरीय, लामाचौर कप र विरजङ स्मृतिको उपाधि जितेको थियो ।
यसअघि सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लब तथा गण्डकीले नेपाल पुलिस क्लबलाई समान ३–२ को सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थिए ।
उपाधिसँगै एपिएफले ४ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गण्डकीले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
तेस्रो भएको पुलिसले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । चौथो भएको आर्मीले ५० हजार रुपैयाँ पाएको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा सात प्रदेशसँगै तीन विभाग एपिएफ, पुलिस र आर्मी गरी १० टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]