default_image

2 years ago

February 6, 2024

भरतपुरमा अम्पायर तथा स्कोरर प्रशिक्षण सम्पन्न

175 views

0 Bookmark

राकेश तिमल्सिना, चितवन

भरतपुर महानगरपालिकासँगको सहकार्यमा चितवन जिल्ला क्रिकेट संघले आयोजना गरेको ‘ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ्ग २०८०’ आज (मंगलबार) सम्पन्न भएको छ ।

भरतपुर १५, रामपुरस्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा आइतबारबाट सुरु भएको ट्रेनिङ्ग आज सकिएको हो ।

नेपालका अन्तर्राष्ट्रियस्तरका अम्पायरद्वय विनयकुमार झा र मोहम्मद सफिकद्वारा दिइएको प्रशिक्षणमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले बनाएका ४२ वटा नियमहरु र अन्र्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०१७ मा संसोधन गरेका नियमहरुको बारेमा प्रकाश पारिएको थियो ।

समापन समारोहका प्रमुख अतिथि तथा भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले जिल्लामा पहिलोपटक क्रिकेटका प्राविधिकहरु उत्पादन गर्ने योजना अनुरुप महानगरले जिल्ला क्रिकेट संघसँगको सहकार्यमा अघि बढाइएको बताए । खेल प्राविधिकहरुको उत्पादनले मात्रै जुनसुकै खेलको पनि समुचित विकासमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

माघ २६ गतेबाट नमुना मैदानमा भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हँुदैछ । यस प्रशिक्षणबाट उत्पादित खेल प्राविधिकहरुलाई उक्त प्रतियोगितामा प्रयोग गरिने चितवन जिल्ला क्रिकेट संघले जनाएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.