2 years ago
February 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पोल्याण्डको नेपाली युवाहरुको संस्था गोर्खाली वारियर्सले पहिलो ‘युनाइटेड युरोपियन गोर्खाली कप’ सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
युरोपमा बस्ने नेपालीहरूलाई खेलको माध्यमबाट एकजुट गराउँदै भाइचाराको सम्बन्ध स्थापित गराउने उद्देश्य सहित प्रतियोगिता गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा गोर्खाली वारियर्सका संयोजक सुलभ लामाले बताए।
पोल्याण्डको राजधानी वार्सास्थित ओब्रोकाओ तुब्रुकु ११ को बेमोभस्की फुटबल सेन्टरमा जुलाई ६ र ७ मा हुने प्रतियोगितामा युरोपमा रहेका २५ नेपाली फुटबल क्लबहरू सहभागी रहने बताइएको छ।

प्रतियोगिताको विजेता उपाधिका साथ टोलीले ५ हजार ५ सय युरो तथा दोस्रो हुने टोलीले २ हजार युरो, तेस्रो हुने टोलीले १ हजार युरो प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी घोषित गरि पुरस्कृत गरिनेछ बताइएको छ।
फुटबल प्रतियोगिता सहित नेपाली कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, नेपाली खानाका परिकार तथा नेपाली उत्पादनका सामग्री स्टलसमेत रहने संयोजक लामाले जानकारी दिए।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]