default_image

11 months ago

February 25, 2024

नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य

2107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससमक्ष १ सय ७३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि १ सय ७२ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक जोड्दै महत्त्वपूर्ण इनिङ खेले । तल्लोक्रममा करण केसीले आक्रामक इनिङ र आरिफ शेखले संयमित ब्याटिङ गर्दा नेपाल सामान्य स्कोरसम्म पुगेको थियो ।

पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ४२ रनको साझेदारी गरेका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा सोही साझेदारी नेपालको इनिङको सर्वाधिक रह्यो । कुशलले सातौं विकेटको रुपमा आउट हुनुअघि ९३ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए ।

नवौं ओभरको तेस्रो बलमा आसिफ १७ रन जोड्दै आउट भएका थिए । भिभिएन किंग्माको बलमा उनी मिड विकेटमा बास डे लिडको हातबाट समातिए । ११ औं ओभरमा किंग्माले नै अनिल शाहलाई बोल्ड गरे । ११ बलमा १ छक्का प्रहार गरेका उनी ७ रन जोड्दै प्लेड अन भए ।

१३ औं ओभरको अन्तिम बलमा आर्यन दत्तले कुशल मललाई एलबीडब्लु धरापमा पारे । उनले ९ बलमा २ रन जोडे । त्यसबेला नेपाल ५४-३ को स्थितिमा थियो ।

२५ औं ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल क्याच आउट भए । उनले ४० बलमा १६ रन बनाए । २८ औं ओभरमा दीपेन्द्र सिंह ऐरी नन स्ट्राइक एण्डमा रहँदा कुशल भुर्तेलको सट बास डे लिडलाई छुँदै स्टम्पमा लाग्दा दुर्भाग्यपूर्ण रनआउट भए । त्यसको २ ओभरमै भीम आउट हुँदा नेपाल ९४-६ को स्थितिमा पुग्यो । भीम खाता नखोली डे लिडको बलमा बोल्ड भए ।

३७ औं ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपाललाई धक्का लाग्यो । कुशल बायाँ हाते स्पिनर रोलफ भान डर मर्वको बलमा क्याच फिर्ता दिँदै पेभेलियन फर्किए । ४३ औं ओभरमा गुलशन झा ५ रन जोड्दै आर्यन दत्तको बलमा क्याच आउट भए ।

आरिफ शेखले ५० बलमा २२ रन जोडे । उनी किंग्माको बलमा ४९ औं ओभरमा क्याच आउट भए । करण केसी २७ बलमा १ चौका र २ छक्कासहित २६ रन जोड्दै अन्तिम विकेटको रुपमा आउट भए । उनी लामो सट खेल्ने धुनमा लङ अनमा समातिए ।

नेदरल्यान्ड्सका लागि स्पिनर आर्यन दत्तले ३ तथा रोलफ भान डर मर्वले १ विकेट लिए । पेस बलर भिभिएन किंग्माले ३ र बास डे लिडले २ विकेट हात पारे ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र आरिफ शेख टोलीमा आएका छन् ।

नेदरल्यान्ड्सले पनि टोलीमा एक परिवर्तन गरेको छ । शारिज अहमदको स्थानमा विक्रमजित सिंह टोलीमा आएका छन् । उनको लागि यो सिरिजको पहिलो खेल हो ।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहितकुमार पौडेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, ललित नारायण राजवंशी

नेदरल्यान्ड्स प्लेइङ ११:

माइकल लेभिट, म्याक्स ओ डाउड, साइब्रान्ड एंगलब्रेक्ट, विक्रमजित सिंह, बास डे लिड, तेजा निदामनुरु, नोआ क्रोस, स्कट एडवार्ड्स, रोलफ भान डर मर्व, आर्यन दत्त, भिभिएन किंग्मा

January 18, 2025

चन्द्र र सफलको जोडीलाई‌ राष्ट्रिय बिच भलिबल उपाधि

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका चन्द्र कुवँर र सफल विकको जोडीआठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २-१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्ट चन्द्र र सफलको जोडी १८-२१,२१-१४, १५-८ ले विजयी भएको हो […]

January 17, 2025

एन्फा यु १६ लिग – चर्च ब्वाइज र एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।

January 16, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]

Success

Thank you for your time.