2 years ago
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि हत्याउन सफल भयो ।
चापाकोट नगरपालिका वडा नम्वर ९ सुन्तली टारमा रहेको गंगालाल माविको खेल मैदानमा भएको खेलको प्रतिस्पर्धात्मक पहिलो सेट २५–२७ ले गुमाएको बागलुङले त्यसपछिको तीन सेट क्रमश २५–२०, २५–२१ र २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा बागलुङले पछि परेको स्थिति उल्ट्याएर जित निकाल्न सफल भएको हो ।
उपाधिसँगै बागलुङले १ लाख ५० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको स्याङ्जाले १ लाख रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
तेस्रो भएको जिल्ला भलिबल संघ पर्वतले ५० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । आइतबारै पर्वतले जिल्ला भलिबल संघ नवलपुरलाई २५–१८, २५–२३ र २५–१७ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।
दोस्रो चापाकोट महोत्सव अन्तरगत गण्डकी प्रदेश तथा स्याङ्जा जिल्लाका महत्वपूर्ण भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा मगरको स्मृतिमा चापाकोट उद्योग वाणिज्य संघले प्रतियोगिताको आयोजना गरेको हो ।
चापाकोट नगरपालिका संरक्षक र नगर खेलकुद विकास समिति चापाकोटले व्यवस्थापन गरेको प्रतियोगितालाई गण्डकी प्रदेश भलिबल संघ र जिल्ला भलिबल संघ स्याङ्जाले समन्वय गरेको थियो ।
अलराउन्डर २२ वर्षीय सन्तोषको गत कार्तिक २९ गते राति स्थानिय भलिबल प्रतियोगितामा भाग लिएर फर्कने क्रममा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट र वडा नम्वर ८ दुर्दाङमा मोटरसाइकल दुर्घटनमा परेर निधन भएको थियो ।
पछिल्लो समय सन्तोष विभागीय नेपाल एपिएफ क्लबबाट खेल्दै आएका थिए । उनले एपिएफबाट एनभिए कप, लामाचौर र किङ्स कप खेलेका थिए । सन्तोषले गतवर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करणलगायत विभिन्न प्रतियोगिता गण्डकी प्रदेशबाट खेलेका थिए । सन्तोषका बुवा, आमा र श्रीमती छन् ।
सर्वाेत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछ । व्यक्तिगत विधाका स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिवेरो र प्रशिक्षकलाई जनही ३ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण प्रदान गरिनेछ ।
फागुन ८ देखि सुरु भएको प्रतियोगितामा कास्की, पर्वत, तनहुँ, स्याङ्जा, नवलपुर, पाल्पा र बागलुङ गरी सात टोलीको सहभागिता रहेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]