default_image

4 months ago

April 4, 2024

सि डिभिजन लिग आजदेखि

730 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको तेस्रो श्रेणीको लिग सहिद स्मारक सि डिभिजन लिग आजदेखि सुरु हुँदै छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको उद्दघाटन खेलमा आज आरसी ३२ फुटबल एकेडेमी र खलीबारी युथ क्लब भिड्ने छन् ।

खेल दिनको ३ बजेदेखि सुरु हुनेछ । गत संस्करणमा आरसी ३२ तेस्रो रहँदै बि डिभिजन लिगमा बढुवा हुनुबाट २ अंकले चुकेको थियो । खलीबारी भने गत सिजन आठौ रहन पुगेको थियो ।

पटक पटक मिति सर्दै आएको यस लिग सुरुवातमा हेटौंडामा खेलाईने भनिएतापनि अन्ततः एन्फा कम्प्लेक्समा नै खेलाईने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी एन्फाले गराएको थियो ।

गत सिजन झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड पहिलो र दोस्रो रहँदै बि डिभिजनमा बढुवा भएका थिए । यस पटक उपत्यका बाहिरका पाँच क्लबले सि डिभिजनमा सहभागिता जनाउदैछन् ।

सिंगल राउण्ड रोबिन ढाँचामा खेलाईने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ । यस्तै उत्कृष्ट खेलाडीको ५०,००० रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५,००० रुपैयाँ पाउने छन् ।

खेलहरूको प्रत्यक्ष प्रसारण प्राइम एचडी टीवी र क्यानडा नेपालको युट्युबमा हुनेछ । टिकट मल्यदर साधारण तर्फ रु १०० र भिआईपी तर्फ रु २०० निर्धारण गरिएको छ ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.