default_image

2 months ago

April 6, 2024

सन्तोषीलाई‌ लुम्बिनीमा हाफ म्याराथन उपाधि

518 views

0 Bookmark

लुम्बिनी (हाम्रो खेलकुद)- लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको महिला हाफ म्याराथन सन्तोषी‌ श्रेष्ठले जितेकी छिन्।

सन्तोषीले २१ किमिको दूरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोश्रो सस्करणको  लुम्बिनी पिस म्याराथनको महिला हाफ म्याराथनको उपाधि जितेकी हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीले चैत १० गते काठमाडौंमा प्रोटिन म्याराथनको हाफ म्याराथनको‌ उपाधि जितेकी थिइन्।
त्रिभुवन आर्मी क्लबकी पूर्ण राज्य लक्ष्मी न्यौपाने दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।

पूर्ण राज्यलर १ घन्टा १९ मिनेट २१ सेकेण्ड र पुष्पाले १ घन्टा २५ मिनेट १४ सेकेन्डमा दौड पूरा गरेकी हुन्।सन्तोषीले २ लाख, पूर्णलर १ लाख ६० हजार र पुष्पाले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

May 26, 2024

जापानमा पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप हुने

काठमाडौं । पर्वत समाज जापानकाे आयाेजनामा जापानमा आगामी साउन तेस्राे साता प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ आयोजना हुने भएकाे छ । पर्वत समाज जापानले आगामी साउन १९ गते शनिबार (३ अगस्ट २०२४) प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता तोडा सिटी स्पोर्टस् सेन्टरमा हुनेछ । जापानमा […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

May 19, 2024

सुमित्रा र राजनलाई वान रन हाफ म्याराथन उपाधि

ललितपुर (हाम्रो खेलकुद)- सुमित्रा चौधरी र राजन रोकायाले पहिलो वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन उपाधि जितेका छन्। आइतबार भएको हाफ म्याराथनको महिलातर्फ सुमित्राले १ घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । पुष्पा भण्डारी १ घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् । मञ्जु सुनार २ घण्टा ३ मिनेट ८ सेकेन्डको‌ […]

Success

Thank you for your time.