default_image

2 weeks ago

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

428 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ।

सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके।

जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। ओपनर अभिषेक राई र राजु रिजालले पहिलो विकेटको लागि ७४ रनको साझेदारी गर्दै सुदुरको जितलाई सहज बनाए।

यो क्रममा अभिषेकले ४६ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित टिमको लागि सर्वाधिक ४९ रन बनाए र रनआउट हुन पुगे। यसपछि राजु र वसन्त कार्कीले सुदुरलाई जिततर्फ डोर्याए। वसन्तले २७ बल खेल्दै ४ चौका र १ छक्का सहित ३७ र राजुले २९ रनमा नटआउट रहे। गण्डकीका कुनैपनि खेलाडीले विकेट लिन सकेनन्।

त्यसअघि माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको गण्डकी १८.३ ओभर सबै विकेट गुमाउँदै १ सय १७ रनमा समेटियो।

पहिलो क्रमका ३ ब्याटरले दोहोरो रन छुन नसक्दा गण्डकीले फितलो सुरूवात गर्यो। इश्वर क्षेत्री र दीपक डुम्रे ५/५ रनमा र अर्जुन कुमाल ३ रनमा आउट भए। यतिखेर गण्डकीले १९ रन बनाएको थियो।

कप्तान विपिन खत्रीले‌ सर्वाधिक ३० र रोशन गौतमले २८ रन बनाए। यस्तै दिनेश बुढामगर र करण पंगेनीले १५/१५ रन जोडे। यी चार बाहेक अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा नारायण जोशी, शेर मल्ल र नरेन भट्टले समान २ विकेट लिए।

२ खेल खेलेको सुदूरको यो पहिलो जित हो र २ अंक बनाएको छ। गण्डकी प्रदेशको भने यो तेस्रो हार हो। ४ खेल खेलेको गण्डकीले मात्र एक खेल जितेको छ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.