9 months ago
May 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर्स कप २०८१ को आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले सान्त्वना जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा कोशीले आयोजक ललितपुर मेयर्स-११ लागि ६ विकेटले पराजित गरेको हो ।
ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर भेटायो ।
कोशिका लागि ओपनर काजल श्रेष्ठले ४५ बलमा ३ चौका सहित ३६ रन बनाएर अविजित रहिन् । यस्तै टिका शाहले ३४ बलमा ३ चौका नै प्रहार गर्दै २५ रन जोडिन् ।
ललितपुरका लागि कृतिका मरासिनीले ३ विकेट लिइन् भने सरस्वती कुमारले १ विकेट लिन सफल रहिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८८ रन जोड्यो । ललितपुरका आश्मा पुलामी मगरले ३२ बलमा २ चौका सहित सर्वाधिक २६ रनको अविजित इनिङ खेलिन् । किरन कुँवरले १६ बलमा २ चौका नै प्रहार गर्दै १३ रन जोडिन् । अन्य ब्याटरले भने दोहोरो अंक छुन सकेनन् ।
कोशीका लागि कप्तान अप्सरी बेगम एक्लैले ३ विकेट लिइन् । एलिशा खाडियाले २ विकेट तथा सबनम राई र हिरणमाए रोयले समान १-१ विकेट लिए ।
जित पछि कोशी ४ खेलमा २ अंक सहित चौथौं स्थानमा पुगेको छ । ४ खेलमा २ अंक नै भएको ललितपुर भने तेस्रो स्थानमा छ ।
राउण्ड रोबिनको अन्तिम खेलमा भोलि सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश भिड्ने छन् । सो खेलले फाइनलमा एपिएफ विरुद्ध खेल्ने टोलीको टुंगो लगाउने छ ।
एपिएफले ४ खेलमा सबै खेलमा जित हासिल गर्यो । सुदुरपश्चिमको ३ खेलमा ४ अंक रहेको छ । बागमतीको भने ३ खेलमा २ अंक रहेको छ । बागमती फाइनल पुग्नका लागि सुदुरपश्चिमविरुद्ध ठूलो अन्तरको जित निकाल्नु पर्ने हुन्छ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]