default_image

3 weeks ago

June 4, 2024

आरसी ३२ र बागमती बी डिभिजनमा बढुवा

1449 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोसफलका दुई क्लब आरसी ३२ फुटबल एकेडेमी र बागमती युथ क्लब सहिद स्मारक सि डिभिजनमा बढुवा भएका छन् । मंगलबार पुल्चोक स्पोर्ट्स क्लब सानेपा क्लबविरुद्ध पराजित भएसँगै दुई टोली बढुवा हुने पक्का भएको हो ।

मंगलवार भएको दोस्रो खेलमा पुल्चोक सानेपा क्लब विरुद्ध २-१ ले पराजित हुने पुग्यो । त्यसअघि दिनको पहिलो खेलमा आरसी ३२ फुटबल एकेडेमीले रानीवन स्पोर्ट्स क्लब माथि ५-० को फराकिलो जित दर्ता गरेको थियो ।

आजको नतिजा पछि आरसी ३२ १२ खेलमा २६ अंक सहित शीर्ष स्थानमा छ । आरसी ३२ को अयोग्य खेलाडी खेलाएको कारण दिदैं एन्फाले ४ अंक समेत खोसिदिएको थियो ।

दोस्रो स्थानमा रहेको र एक खेल कम खेलेको बागमतीको पनि समान २६ अंक छ । तेस्रो स्थानमा रहेको र एक खेल बाँकी रहेको पुल्चोकको २१ अंक रहेको छ ।

अब बागमती र आरसी ३२ मध्य एक टोलीले उपाधि उचाल्ने छ भने दुवै टोली अर्को सिजनको बी डिभिजन लिग खेल्नेछन् ।

बागमती पहिलो प्रयासमै बी डिभिजनमा पुग्न सफल भएको हो । आरसी ३२ को भने यो दोस्रो सि डिभिजन लिग सिजन रहेको छ ।

June 22, 2024

विपना र अरहान्तलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिम्हाले प्रथम एनएसआरए प्रेसिडेन्ट कप खुल्ला राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट्स संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले दोस्रो वरीयताका अमिर ब्लोनलाई ३–० को […]

June 22, 2024

अपहिल केडिसी रनमा नरेन्द्र र पूर्णलक्ष्मी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुल्ला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुषतर्फ र पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् । नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोश्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ […]

June 21, 2024

अस्ट्रेलियामा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने

सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुने भएको छ । एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा खुल्ला पुरुष तथा ३५ बर्षमाथि गरि दुई विधाको ‘ग्लोबल मिट कप २०२४’ आगामी जुन ३० तारिखमा हुन लागेको हो । एक दिने प्रतियोगिता […]

Success

Thank you for your time.