default_image

1 year ago

September 21, 2024

काठमाडौं म्याराथान असोज १२ मा

573 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं म्याराथनको १६औं संस्करण अर्काे साता भएको छ । आयाेजकले शनिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत १६औं संस्करणकाे काठमाडौं म्याराथन १२ असोज (२०२४ सेप्टेम्बर २८) मा हुने जानकारी गराएकाे छ ।

काठमाडौं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियाे । विशेष र वृहत हुने यसपालीकाे दाैडमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार भन्दा बढीको सहभागिता रहनेछ ।

म्याराथनमा १ सय ७० ले सहभागिताका लागि नाम दर्ता गरेका छन् । त्यस्तै हाफ म्याराथन ५ सय ५० ले नाम दर्ता गरेका छन् । सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुल्ला दौडमा सहभागिता जनाउने छन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहने आयाेजकले जनाएकाे छ।

काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बनाए ।

उनका अनुसार दौडको सुचारु सञ्चालनका लागि बाटोको एक भागलाई बन्द गर्ने तथा धावक धाविकाको पूर्ण सुरक्षा र दुर्घटनाको न्युनिकरणका लागि सबै प्रयास गरिनेछ । उनले भने, ‘मलाई पूरा विश्वास छ, ट्राफिक व्यवस्थापन निकायले दौडका बेला चाहिने सबै जिम्मेवारी गम्भीर भएर पूरा गर्नेछ र खेल सहरका रूपमा काठमाडौंको छवि कायम राख्न मदत पुग्नेछ ।’

उनले सटिक ट्राफिक व्यवस्थापनले खेलाडीलाई मात्र सजिलो हुने नभएर सहरको छवि ब्रान्डिङ तथा पर्यटन विकासमा पनि सहयोग पुग्नेछ । म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुनेछ । यसले धावक धाविकालाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्नेछ ।

दौडमा चार सय भन्दा बढी स्वंय सेवक तथा खेल टेक्निकल अफिसियलको सहभागिता रहनेछ । हाफ म्याराथनमा पहिलो पटक पेसर्सको पनि प्रयोग गरिनेछ । यसका लागि बंगलादेश र भारतबाट विज्ञहरू नेपाल आइपुगिसकेका छन् ।

म्याराथन र हाफ म्याराथनको दौड त्रिपुरेश्वरबाट बिहान ठीक ५.१० बजे सुरु हुनेछ । त्यसबेला प्रयोग हुने रुटमा त्यस दिन पाँच घण्टाका लागि सकेसम्म आफ्नो सवारी साधन त्यस रुटमा प्रयोग नगरिदिन आयाेजकले काठमाडौंबासीलाई अनुरोध गरेकाे छ ।

प्रमुख आयोजक श्रेष्ठले दौडका प्रमुख साझेदार र सहयोगी नेपाल एथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी लगायत पत्रकार, निर्णायक, स्वंय सेवक, प्रायोजकलाई धन्यवाद व्यक्त गरे ।

दौडको कार्यत्रम सफलतापूर्वक सञ्चालन गर्न सहयोग गर्दै आएको ‘योर फेस बाई इन ड्राइभ’ लाई पनि विशेष धन्यवाद दिनु पर्ने हुन्छ । एनआरएस स्पोर्टस फाउन्डेसनले इन ड्राइभसँगको सहकार्यमा ‘योर पेस किप फिट सर्किट’ आठ सहरमा नियमित रूपमा विगत एक वर्षदेखि दौडको निः शुल्क प्रशिक्षण दिंदै आएको छ ।

सोही समूहबाट ४ सय ५० विद्यार्थीहरूले पनि काठमाडौं म्याराथनमा सहभागिता जनाउने छन् । अन्त्यमा प्रमुख आयोजक श्रेष्ठले दौडका क्रममा सहभागी हुनेलाई प्रोत्साहन गर्न सबै काठमाडौंबासीलाई सडकमा उत्रेर हौसलना प्रदान गर्न पनि आह्वान गरेका छन् ।

उनले भने, ‘यो दौडको सफल आयोजनाका लागि सबैको सहयोग आवश्यक छ । खेलकुदको माध्यमबाट पर्यटनको प्रवर्द्धनका लागि हामीले सकारात्मक सन्देश पनि दिन सक्छौं ।’

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.