9 years ago
February 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – तीन नेपाली खेलाडीले आइतबारबाट जापानको सापोरामा सुरु हुने आठौं एसियाली हिउँदे खेलकुद (एसियन विन्टर गेम्स) मा प्रतिस्पर्धा गर्दैैछन् । मनिकला राईले क्रस कन्ट्री तथा संगिता लामा र सफलराम श्रेष्ठले अल्पाई स्कीमा भाग लिनेछन् ।

आठ सदस्यीय नेपाल टोलीमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्य तेजबहादुर गुरुङ सेफ द मिसनका रुपमा रहेका छन् ।
मार्सल र ओशाम किमुरा नेपाली खेलाडीको प्रशिक्षकका रुपमा जापान गएका छन् भने नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठ र एनओसी सदस्य समिम मियाँ अन्सारी अफिसियलका रुपमा टोलीमा रहेका छन् ।
एनओसी अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट पनि टोलीसँगै शुक्रबार जापान प्रस्थान गरेका छन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]