default_image

9 years ago

February 18, 2017

साउदलाई पोखरा म्याराथनको उपाधि

189 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लवका नवराज साउदले सफल पोखरा म्याराथन २०७३ को उपाधि जितेका छन । पोखरामा आज (शनिबार) सम्पन्न भएको ११ औं संस्करणको उक्त प्रतियोगितामा एक सय ६९ जना धावकलाई पछि पार्दै उनले उपाधि सहित ६० हजार नगद हात पार्न सफल भए।

pokhara-marathon

४२ कि.मी. १९५ मीटरको दुरी उनले २ घण्टा ३४ मिनेट २४.०३ (चौबिस प्वाईन्ट तिन) सकेण्डमा पार गर्दै उपाधि हात पारेका हुन । यस अघि उनले गत मंसिरमा हेटौडामा भएको म्याराथनमा दोश्रो भएका थिए। काठमाण्डौंमा भएको प्रतियोगितामा उनले उक्त दुरी २ घण्टा ३२ मिनेटमा पार गर्दै उपाधि जिती सकेका छन । पोखरामा आफुले सहभागिता जानउने उद्धेश्यले आएकोले उपाधि जित्दा निकै खुसि लागेको उनले बताए।

स्पेनका एक विदेशी सहित १ सय ७० जना म्याराथन धावकहरु सहभागि भएको प्रतियोगितामा आर्मीले प्रथम, दोश्रो र तेश्रो समेतको उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा सुजल डेरीको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा शनिबार भएको प्रतियोगितामा आर्मीकै लाल बहादुर थापाले निर्धारित दुरी २ घण्टा ३४ मिनेट ५७ः ०७ सेकेण्डमा पार गरी दोश्रो भए। त्यसै गरी आर्मीकै ज्ञान प्रसाद भट्टराई तेश्रो भए । भट्टराईले निर्धारित दुरी २ घण्टा ३६ मिनेट ४ सेकेण्डमा पार गरेका हुन । उपविजेताले ४० हजार, तेश्रोले २५ हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गरे । सशस्त्र प्रहरी वलको एपिएफका गणेशसिंह ठकुरीले २ घण्टा ३७ मिनेटमा उक्त दुरी पार गरी शान्त्वना हुदै नगद ४ हजार प्राप्त गरे ।

त्यसै गरी छात्रा तर्फ भएको ५ किलोमिटर दौडमा लक्ष्मी माविकी ललिता लामिछाने उपाधि जितिन । उनले निर्धारित दुरी २६ मिनेट ५७ मिनेटमा परेकी हुन । त्यसै गरी सुक्रराज वलभद्र उच्च माविकी अस्मिता मगर दोश्रो भईन । उनले २७ मिनेट ५२ सेकेण्डमा उक्त दुरी पार गरी तेश्रो भईन । शहिद स्मृति आवासिय माविकी सृष्टी चौधरी तेश्रो भईन । उनले निर्धारित दुरी २८ मिनेट ५७ सेकेण्ड पार गरी तेश्रो भएकी हुन । त्यसै गरी छात्र तर्फ भएको ५ किलोमिटर दौडमा जन ज्योति माविका महेन्द्रराज भण्डारी प्रथम, छोरेपाटन उच्च माविका गौरव सुवेदी दोश्रो र सुर्य बोर्डिङ स्कुलका प्रज्ज्वल राई तेश्रो भए । प्रथम भएका भण्डारीले निर्धारित दुरी २१ मिनेट १९ सेकेण्डमा पारे गरे भने दोश्रो भएका सुवेदीले २२ मिनेट ३ सकेण्डमा पार गरे । तेश्रो भएका राईले २२ मिनेट १७ सेकेण्ड उक्त दुरी पर गरे ।

छात्रा/छात्र तर्फ ५ किमिमा प्रथम हुनेले ७ हजार,उपविजेताले ५ हजार र तेश्रो हुनेले ३ हजार प्राप्त गरे । व्हिल चियर महिला तर्फ लक्ष्मी सुनार प्रथम र धन मगर दोश्रो भए । त्यस्तै पुरुष तर्फ सुरेस गौली प्रथम, भरत अधिकारी दोश्रो र ध्रुर्व न्यौपाने तेश्रो भए । प्रथम हुनेले ३ हजार, दोश्रो हुनेले २ हजार र तेश्रो हुनेले एक हजार प्राप्त गरे । प्रतियोगितामा विदेशी सहित करीब ३ हजार जना विभिन्न इृभेण्डमा सहित रन फर रनमा सहभागि भएको मंचका महासचिव हरि प्रसाद पराजुलीले बताए ।

विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि ग्रिसका अवैतनिक महाबाणिज्यदुत तथा एभेरेष्ट एवं अन्नपुर्ण म्याराथनका अध्यक्ष समेत रहेका विक्रम पाँडे काजी, लक्ष्मी ग्रुपका अध्यक्ष गणेश श्रेष्ठ, चलचित्रकर्मी चेतनकार्की, पश्चिम पृतनाका पृतनापति जगदिशचन्द्र पोखरेल, पुर्व अध्यक्ष प्रा.डा.विरेन्द्रसिंह गुरुङ, मंचका अध्यक्ष खड्कबहादुर रानाभाटले लगतायले पुरस्कार वितरण गरेका थिए । भगवान गौतम बुद्धको जन्मथलो नेपालको भूमि भएकोले पिपलको रुख अन्य बिरुवा भन्दा फरक भएकोले खेलाडीहरुलाई नेपालीमौलिक पन दिने गरी पिपलको माला समेत लगाइएको थियो ।

लक्ष्मी हाउसको भातृ संस्था सुजल डेरीको उत्पादन सफल दुधले गत बर्ष देखि उक्त प्रतियोगिताको लागि ३ बर्षको सम्झौता गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करीब १६ लाख ६६ हजार खर्च लाग्ने आयोजकले जनाएको छ । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्ने भावनाको विकास गराउने, प्रतिभावान खेलाडीहरुको प्रतिभा प्रष्फुटन गराउने, बन्धुत्वको विकास गराउने, पोखराको पर्यटकीय प्रवद्र्धनमा टेवा दिने, सुन्दर पोखरा शहरलाई विश्व सामु चिनाउने मुख्य लक्ष्य राखिएको रानाभाटले बताए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.