11 months ago
December 20, 2024
एजेन्सी – ओमानमा जारी गल्फ टि ट्वान्टी आई च्याम्पियनसिपमा घरेलु टोलीलाई हराउँदै कुवेतले फाइनलमा स्थान बनाएको छ ।
शुक्रवार भएको खेलमा कुवेतले ओमानलाई ३ विकेटले हराउँदै शनिवार हुने फाइनलमा युएईसँगको भेट पक्का गरेको हो । ओमानले दिएको १ सय ४४ रनको लक्ष्य कुवेतले ७ विकेट गुमाएर १९.३ ओभरमा पूरा गर्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो । यस प्रतियोगितामा खाडीका ६ राष्ट्रको सहभागीता रहेको थियो । डबल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा युएई ५ खेल जित्दै फाइनल पुगेको हो ।
युएई साउदी अरेबियासँग पराजित भएको थियो । अघिल्लो खेलमा ओमान पनि साउदी अरेवियासँग पराजित भएको थियो ।


November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]


October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]


October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]