default_image

11 months ago

December 29, 2024

अस्ट्रेलियामा ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

2827 views

0 Bookmark

दिल तामाङ, सिड्नी

ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले नेपाली समूदायबिचको आठौं संस्करणको महिला र पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । ढोरपाटन पुरुषतर्फ र म्याग्दी काली महिलातर्फ च्याम्पियन बनेको हो ।

दुई महिनाअघि भएको च्याम्पियनसिपमा पनि यि दुई टोली नै च्याम्पियन बनेका थिए । यि दुई टोलीले यसपटक पनि आफ्नो विरासतलाई कायम राख्न सफल भए ।

अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फ रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको फाइनलमा नेपाली पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका स्पाइकर राजेन्द्र विष्ट सम्मिलित ढोरपाटनले राष्ट्रिय टोलीकै सदस्य रहिसकेका दिल बहादुर सुनारसम्मिलित गल्कोट समाज अस्ट्रेलियालाई ३-२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

पहिलो सेट २३-२५ ले गुमाएको ढोरपाटनले त्यसपछि दुई सेट २५-१८, २५-१९ ले जित्दा चौथो सेट २१-२५ ले गुमाउँदा खेल पाँचौं सेटमा लम्बियो । पाँचौं सेटको सुरुवातमै गल्कोटले ४-० को अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन ।

राजेन्द्र विष्टको उच्च प्रदर्शनमा ढोरपाटनले लगातार ६ अंक बटुल्दा खेल ६-४ को स्थितिमा पुग्यो । त्यही अग्रतालाई कायम राख्दै ढोरपाटनले १५-१२ ले सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

महिलामा आयोजक म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३-० को सोझो सेटमा पराजित गर्दै म्याग्दी काली युनाइटेड च्याम्पियन बन्न सफल भयो ।

महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसम्मिलित जलजलालाई पराजित गर्न नेपाली महिला राष्ट्रिय टोलीकी सदस्य सरस्वती चौधरीले सानदार प्रदर्शन गरिन् । म्याग्दी कालीले २५-१९ २५-१९ र २५-१९ को सोझो सेटमा जित निकाल्यो ।

पुरुषतर्फ विजेता बनेको ढोरपाटनले ३ हजार १ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गल्कोटले १ हजार ८ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र पायो ।

महिलातर्फको विजेता म्याग्दी कालीले १ हजार २ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा दोस्रो भएको जलजलाले ७ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फ ढोरपाटनका राजेन्द्र विष्ट र महिलामा जलजलाकी अरुणा शाही सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनीहरुले ट्रफी प्राप्त गरे ।

यस्तै पुरुषतर्फ गल्कोटका दिल बहादुर सुनार उत्कृष्ट स्पाइकर, ढोरपाटनका खेम पुर्जा सेटर, गल्कोटका अर्जुन ब्लकर र गल्कोटकै विशाल विक उत्कृष्ट लिवेरो चुनिए ।

महिलामा म्याग्दी कालीकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, म्याग्दी कालीकी मिया पुन सर्भर र जलजलाकी मनिषा पुन लिवेरो चुनिइन् । उनीहरुले नगद र ट्रफी प्राप्त गरे ।

प्रतियोगिता दौरान नै जलजलाले राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई सम्मानित गरेको छ । जलजलाले नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाही, स्पाइकर सरस्वती चौधरी र प्रतिभा माली तथा पुरुषतर्फ पुर्व कप्तान मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, बिशाल बहादुर बिक, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, राजु शेरचनलाई सम्मानित गरेका हुन् ।

एक दिने च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो । च्याम्पियनसिपलाई स्टुडेन्ट भाइब्स एजुकेशन एण्ड भिजा सर्भिसेसले मुख्य प्रायोजन गरेको थियो । धुरसन कन्ट्रक्सन, डिबि मार्ट र लुम्बिनी ग्रोसरी एण्ड मिट प्लाटिनियम स्पोन्सर रहेका थिए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.