11 months ago
December 29, 2024
दिल तामाङ, सिड्नी
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौैं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
राजेन्द्रले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनकै उच्च प्रदर्शनमा ढोरपाटनले गल्कोट समाजलाई पराजित गर्न सफल भएको थियो । राजेन्द्र गत अक्टोवरमा भएको च्याम्पियनसिपम पनि सर्वाेत्कृष्ट खेलाडी बनेका थिए ।
अरुणाले आफ्नो टोलीलाई फाइनलसम्म पु¥याएपनि उपाधि भने दिलाउन सकिनन् । सेटर रहेकी उनले यस च्याम्पियनसिपमा भने स्पाइकरको भुमिकामा खेलेकी थिइन् । सर्वाेत्कृष्ट बनेका अरुणा र राजेन्द्रले समान १ सय अस्ट्रेलियन डलर र ट्रफी प्राप्त गरे ।
यस्तै पुरुषतर्फ गल्कोटका दिल बहादुर सुनार उत्कृष्ट स्पाइकर, ढोरपाटनका खेम पुर्जा सेटर, गल्कोटका अर्जुन ब्लकर र गल्कोटकै विशाल कार्की उत्कृष्ट लिवेरो चुनिए ।
महिलामा म्याग्दी कालीकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, म्याग्दी कालीकी मिया पुन सर्भर र जलजलाकी मनिषा पुन लिवेरो चुनिइन् । उनीहरुले नगद र ट्रफी प्राप्त गरे ।
अवर्न बास्केटबल सेन्टर लिडकममा भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा ढोरपाटनले गल्कोट समाज अस्ट्रेलियालाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।
महिलामा म्याग्दी काली युनाइटेडले आयोजक म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]