11 months ago
December 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् ।
आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्।
पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले पराजित गर्यो ।
६४ रनको लक्ष्य पाएको थानकोट वारियर्सले ८.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित थानकोट वारियर्सका सुरेश पुनले नट आउट २९ रन बनाए ।
दोस्रो खेलमा समुह बि अन्तर्गत स्टुडियो सेभेनले स्मार्ट ए केयर मिडियालाई ६ विकेटले पराजित गर्यो । ४६ रनको लक्ष्य पछाएको स्टुडियो सेभेनले ६.१ ओरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
प्लेयर अफ द म्याच घोषित स्टुडियो सेवनका सन्देश कार्कीले १० रन बनाउनुको साथै ३ विकेट पनि लिए।
यो जितसँगै समूह बि को उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । समुह बि बाट किंग्स क्रिकेट सबै ४ खेलमा जित समुह विजेता बनेको थियो । उपविजेता बनेको स्टुडियो सेभेनले ४ खेलमा ३ जित हात पार्यो ।
तेस्रो खेलमा समुह डी अन्तर्गत ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार चौंथो जित दर्ता गर्नेक्रममा पञ्चायन युथ क्लबलाई १२ रनले पराजित गर्यो ।
४३ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायन ३० रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित ग्रेट हिमालयका सन्दीप पराजुलीले ४ विकेट लिए । जितसंगै समुह डी को विजेताको रुपमा ग्रेट हिमालय क्रिकेट एकेडेमी क्वार्टरफाइनल प्रवेश गरेको छ ।
चौथो खेलमा समुह बि अन्तर्गत नेक्सस क्रिकेट एकेडेमीले स्मार्ट ए केयर मिडियालाई सात विकेटले पराजित गर्यो ।
२६ रनको लक्ष्य पाएको नेक्ससले २.२ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित नेक्ससका राजेश रावतले चार विकेट लिए ।
पाँचौं खेलमा समुह डी अन्तर्गत मिक्समाण्डुले पञ्चायन युथ क्लबलाई ३० रनले पराजित गर्यो ।
८८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायन ५७ रनमै समेटिन पुग्यो । प्लेयर अफ द म्याच घोषित मिक्समाण्डुका सोनु देवकोटाले तीन विकेट लिए ।
छैटौं खेलमा समुह बि अन्तर्गत नेक्सस क्रिकेट एकेडेमीले टिम रेन्सुलाई पाँच विकेटले पराजित गर्यो । टिम रेन्सुले दिएको ५३ रनको लक्ष्य नेक्ससले ७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित नेक्ससका आर्यन विकले ३ विकेट लिए ।
सातौं खेलमा समुह डी अन्तर्गत मिक्समाण्डुले सानो स्वर्ग नेपाललाई ७९ रनले पराजित गर्यो ।
१ सय ५ रनको लक्ष्य पछ्याएको सानो स्वर्ग २५ रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित मिक्समान्डुका अनुप श्रेष्ठले ४० रन बनाए ।
चौंथो दिनको खेलपछि समुह बि बाट किंग्स क्रिकेट र स्टुडियो सेभेन, समुह सी बाट टिम बिडीएस तथा समुह डी ग्रेट हिमालय क्रिकेट एकेडेमी क्वार्टरफाइनलमा पुगेका छन् ।
लिग कम नकआउट आधारमा जारी प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्लेयर अफ सिरिजलाई १० हजार, उत्कृष्ट बलर र ब्याटरले समान ५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]