11 months ago
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ।
गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा समान १ जना उत्कृष्ट खेलाडीलाई अर्वाड प्रदान गरिनेछ।
२९ खेल उत्कृष्ट खेलाडी अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट खेलाडी घोषित गर्दै समान १ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरिने एनएनआइपिएले यसअघि नै जानकारी गराइसकेको छ।
त्यस्तै उत्कृष्टहरुमध्ये एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मानसहित ५० हजार रुपैयाँ प्रदान गरिने छ।
अवार्डमा एकजना पाका खेल व्यक्तित्वलाई गजराज आर्दश खेल व्यक्तित्वलाई र एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारसहित ३५ हजार रुपैयाँबाट सम्मान गर्नेछ।
त्यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी घोषणा गर्दै अवार्ड र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
२९ खेलमा फुटबल, साइक्लिङ, क्रिकेट,
एथलेटिक्स, फेन्सिङ, रग्बी, ह्याण्डबल, पौडी,लन टेनिस,गल्फ, उसु, कुस्ती,भारोत्तोलन छन्। त्यस्तै बास्केटबल, सुटिङ, कबड्डी, ट्राइथोलन, टेबल टेनिस, बक्सिङ, इ-स्पोर्टस, स्क्वास,जुडो, कराते,डान्स स्पोर्टस, ब्याडमिन्टन,भलिबल, तेक्वान्दो, आर्चरी, क्यानोइङ रहेका छन् ।
अवार्डको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्नेछ।
अवार्ड यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुरका विभिन्न स्थानमा आयोजना भएको थियो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]