10 months ago
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आजको खेलमा ढाका विश्वविद्यालय र लखनउ विश्वविद्यालय विजयी भएका छन् ।
शुक्रवारको पहिलो खेलमा बंगलादेशको ढाकाले नेपालको पुर्वाञ्चल विश्व विद्यालयलाई १ सय ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ढाकाले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पुर्वाञ्चल १९.३ ओभरमा ८३ रनमा समेटियो ।
पुर्वाञ्चलका लागि धिरज यादवले नट आउट रहदै सर्वाधिक १७ रन जोडे । ओम चौधरीले १५ तथा रविन्द्र साहले १० रन जोडे । ढाकाका लागि शरियर सकिबले ४, इफ्तिकार हुसेनले २ तथा मुजिबुर रहमान, महुद्धिन तारिक, असरफुल इस्लाम र महफुजुल इस्लामले समान १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको ढाकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रनको योगफल तयार गरेको थियो । ढाकाका लागि मोहम्मद रहमानले सर्वाधिक ९६ रन जोडे । उनले ३७ बलमा ३ चौका र १० छक्का प्रहार गरे ।
सिफत खानले २३ बलमा ५०, इफ्तिकार हुसेनले २३ बलमा ३८ तथा महफजुल इस्लामले २५ बलमा ३१ रन जोडे । पुर्वाञ्चलका लागि नितिश यादव, धिरज यादव, अमित मण्डल र अभिषेक मण्डलले समान १ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा नेपालको काठमाडौं विश्वविद्यालय भारतको लखनउ विश्वविद्यालयसँग ७३ रनले पराजित भयो । नेपाल विद्यार्धी संघले आयोजना गरेको प्रतियोगितामा नेपालका ४, भारतका ३ तथा बंगलादेशको १ विश्वविद्यालयको सहभागिता छ ।
प्रतियोगिताको खेलतालिका

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]