default_image

10 months ago

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

990 views

0 Bookmark

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ ।

बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो ।

श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान गरे। उनले ३ सय ५२ बलमा १६ चौका र १ छक्का प्रहार गरे ।

कप्तान स्टिभ स्मिथ १ सय ४१, जोस इङ्ग्लिस १ सय २ रन जोडे। स्मिथले यसै खेलमा आफ्नो १० हजार टेस्ट रन पनि पूरा गरेका छन् । यो सफलता हासिल गर्ने उनी विश्वका १५औं तथा अस्ट्रेलियाका चौथो ब्याटर हुन् ।

खेलमा ओपनर ट्राभिस हेड ५७, बेयु वेबस्टर २३, मार्नुस लाबुस्चेन २०, एलेक्स केरी ४३ रन बनाए । मिचेल स्टार्क १९ रनमा नट आउट रहे ।

श्रीलंकाका लागि प्रभात जयसुर्या र जेर्फी भेन्डेर्सेले समान ३ विकेट लिए । घरेलु टोली श्रीलंकाले बिहीवार पहिलो इनिङको सुरुवात गरेको छ । टोलीको सुरुवात राम्रो भएन।

दोस्रो दिनको खेल सकिदा श्रीलंकाले ४४ रन जोड्दा ३ विकेट गुमाएको छ । कमिन्डु मेन्डिस र दिनेश चण्डिमल नटआउट छन् । अस्ट्रेलिया समान २ टेस्ट र ओडिआईका लागि श्रीलंका भ्रमणमा छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.