default_image

8 months ago

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

514 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् ।

विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ ।

याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगिता १५ फागुनबाट शुरु भई १५ चैतमा सकिएको थियो । संघले गत सोमबार वरीयता प्राप्त प्रमाणपत्र प्रदान गरेको थियो ।

नेपाल स्क्वास एन्ड ¥याकेट्स संघले आगामी वर्षको लागि आयोजना गरेको एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगिताको राउन्ड रोविन लिगको खेलमा शत प्रतिशत चारै खेलमा जित निकालेपछि विपना शीर्ष स्थानमा उक्लन सफल भएका हुन् ।

विपनाले राउन्ड रोविन लिगमा शीर्ष वरीयताकी स्वस्थानी श्रेष्ठ, समिक्षा ठकुरी, साक्क्षी सुनुवार र अस्मिता नगरकोटीलाई पराजित गरिन् । राउन्ड रोविन लिगको अन्तिम खेलमा विपनाले स्वस्थानीलाई ११–६, १२–१०, ११–१३ र ११–३ को सेटमा पराजित गरिन् ।

गत वर्ष राउन्ड रोविन लिगको अन्तिम खेलमा पराजित भएसँगै विपनाले शीर्षस्थानमा उक्लने मौका गुमाएकी थिइन् । तर, यस वर्ष विपनाले त्यो गल्तीलाई दोहोर्‍याएनन् ।

यसअघि शीर्ष वरीयतामा रहेपनि संघले आयोजना गरेको एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगितापछि उनी पहिलोपटक शीर्षस्थानमा पुगेकी हुन् । गत वर्ष च्याम्पियन बनेपनि स्वस्थानीले त्यसपछि भने कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकिनन् ।

यसअघि संघले राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएपछि वरीयता प्रदान गर्नै चलन थियो । तर, गत वर्षदेखि संघले र्‍याङकिङ प्रतियोगिता आयोजना गरेर वरीयता निर्धारण गर्न थालेको हो ।

महिलातर्फ यसअघि स्वेता कायस्थ वरीयताको शीर्षस्थानमा थिइन् । त्यसपछि झन्डै एक दशक लामो सयमसम्म भावना, सुनुवारले शीर्ष वरीयतामा पकड जमाइन् । त्यसपछि कृष्णा थापा मगर केही समय शीर्षस्थानमा रहिन् ।

त्यसपछि राष्ट्रिय प्रतियोगितामा च्याम्पियन हुँदै विपना शीर्षस्थानमा पुगेकी थिइन् । गत वर्ष भने विपनालाई पराजित गर्दै स्वस्थानी शीर्ष वरीयतामा उक्लन सफल भएकी थिइन् । महिलातर्फ अस्मिता नगरकोटीले तेस्रो, समिक्षा ठकुरीले चौथो र साक्षी सुनुवारले पाँचौं वरीयता प्राप्त गरेका छन् ।

पुरुषतर्फ अरहान्तले आफ्नो शीर्ष वरीयतालाई कायम राख्न सफल भएका छन् । उनलाई प्रतिस्पर्धा दिने अमृत थापा मगर र अमिर ब्लोन अनुपस्थित रहेपछि अरहान्तलाई थप सहज भएको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.