8 months ago
April 21, 2025
सुमन अधिकारी, बुटवल
आयोजक वेष्ट्रन क्रिकेट एकेडेमीले यु १४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
देवदह क्रिकेट युनिटलाई सोमवार भएको फाइनलमा १३ रनले पराजित गर्दै वेष्ट्रनले उपाधि जितेको हो ।
नरेश्वर खेल मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट्रनले १४.१ ओभरमा सबै बिकेट गुमाएर ५५ रन बनाएको थियो । जसमा एक्स्ट्रा रन नै २० थियो ।
उसका लागि केशव रायमाझीले २० बलमा १५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । देवदहका प्रिन्स शर्माले ४ र रोहित कुवरले ३ विकेट लिएका थिए ।

५६ रनको झिनो विजय लक्ष्य पछ्याएको देवदहले सुरुवात राम्रो गर्न सकेन । देवदहले १६.४ ओभरमा सबै विकेट गुमाएर ४१ रन मात्र बनाउन सक्यो।
देवदहका रोजन काफ्ले र सुसान्त बिकले समान १५ रन जोडका थिए । देवदहले ९ ओभरमा ६ विकेटको क्षतिमा ९ रन मात्र बनाएको थियो ।
वेष्ट्रनका लागि सुप्रिम कंडेलले ४ र निश्चल पौडेलले ३ विकेट लिए । खेलमा सुप्रिम कंडेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
गार्गीका अनमोल पुन सर्वोत्कृष्ट खेलाडी घोषित भए । वेष्ट्रनका सुप्रिम कंडेल म्यान अफ ली सिरिज घोषित भए र उनले ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरे ।
देवदहका रोहित कुवर उत्कृष्ट ब्याटर र बेष्ट्रनका सम्राट पोखरेल उत्कृष्ट बलर चुनिए। उपाधिसंगै वेष्ट्रन ४१ हजार र देवदले २१ हजार रुपैयाँ प्राप्त गर्यो ।
विजेता तथा उपविजेता टिम एवं खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं.११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, क्लबका अध्यक्ष भुवन पाण्डेले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सहभागी १२ वटा टोलीलाई दुई समूह विभाजन गरिएको थियो । राउण्ड रोविनपछि दुई समूहका शीर्षटोलीले फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।
एकेडेमीले नियमित रुपमा उमेर समुहको प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपालका यु–१९ का तत्कालिन कप्तान देव खनाल यसै वेष्ट्रन क्लबका उत्पादन हुन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]