8 months ago
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ।
दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनायो।
सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल मार्सले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे।
सन्तोषजनक सुरुवात गरेको दिल्लीले पहिलो पावर प्लेमा बिना कुनै विकेटको नोक्सानीमा ५१ रन बनाएको थियो। अर्धशतक बनाएका एडन ३३ बल खेल्दै ५२ रन बनाएर आउट भए। उनले २ चौका र ३ छक्का प्रहार गरे। लखनउको लागि यो नै सर्वाधिक उच्च स्कोर बन्यो।
लगतै निकोलस पुरन ९ र अब्दुल सामद २ रनमा नै सेमेटिए। ओपनर मिचेल मार्स भने ४५ रनमा आउट हुन पुगे। ४ विकेटको नोक्सानीमा दिल्लीले १ सय १० रन बनायो।
यसपछि आयुष बाडोनी ३६ रन जोडेर पबिलियन फर्कदा डेबिट मिल्लर अविजित १४ रनमा रहे।
बलिङमा मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।
दोस्रो स्थानमा रहेको दिल्ली छैटौं जितका साथ शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले जतिकै १२ अंक जोड्ने दाउमा छ।
यता लखनउ पनि छैटौं जितको खोजीमा छ। ८ खेल खेलिसकेको लखनउसँग १० अंक रहेको छ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]