8 months ago
April 23, 2025
सुमन अधिकारी, बुटवल
गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्।
पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ ।
आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा कोशी प्रदेशलाई हराएको थियो ।
समूह ‘बी’मा पुलिसले ३ मा २ खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ । पुलिस समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । बिहीवार पुलिस र गल्कोट खेल्नेछन्। गण्डकीले ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको छ
गल्कोटले २ खेलमा १ र अर्कोमा पराजय भोगेको छ । समूहबाट सबै तीन खेलमा पराजित भइ कोशी प्रतियोगिताबाट बाहिरिएको छ।

समूह ‘ए’ मा आर्मीले आयोजक मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले २५–१८, २५–२३ र २५–२२ को सहज जित निकाल्यो समुह ए बाट आर्मी ३ खेलमा २ जित १ हार संगै सेमीफाइनलमा पुगेको छ ।
आर्मी यस अघि साग भारत गुजरातको साग भलिबल एकेडेमीसंग पराजित भएको थियो । आर्मीले एपिएफ क्लबलाई हराएको थियो । गुजरात र एपिएबीच बिहीवार प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११, दोस्रोले २ लाख ११ हजार १ सय ११ , तेस्रोले १ लाख ११ हजार १ सय ११ र चौथो टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]