6 months ago
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो ।
क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो ।
लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा गल्कोटले गोर्खामाथि २५–२०, २५–१७ र २५–२२ को सोझो सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
उपाधिसँगै गल्कोटले ३ हजार अष्ट्रेलियन डलरसँगै रनिङ कप र मेडल प्राप्त गरेको छ । दोस्रो भएको गोर्खाले १ हजार ५ सय अष्ट्रेलियन डलरसँगै कप र मेडल प्राप्त गरेको छ ।
गल्कोटका दिल बहादुर सुनार रनिङ कपको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले १ सय अष्ट्रेलियन डलरसँगै ट्रफी प्राप्त गरे । गोर्खाका बिशाल बहादुर बिक स्पाइकर, गल्कोटका दीपक अधिकारी सेटर, गल्कोटकै अर्जुन अधिकारी क्वीकर, विनाेद खत्री ब्लकर र गल्कोटकै बिशाल कार्की उत्कृष्ट लिवेरो चुनिए । उनीहरुले ट्रफी प्राप्त गरे ।
थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा आयोजना गरेको एक दिने रनिङ कपमा अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली समुदायका विभिन्न ११ टोलीको सहभागिता रहेको थियो ।
यस रनिङ कपमा नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, बिशाल बहादुर बिक, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, बसन्त जोशी र लोकेन्द्र राज गिरीले खेलेका थिए ।
रनिङ कप दौरान नै नेपाली महिला भलिबलको चर्चित टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय सुविधासहितको कभर्डहल निर्माण सहयोगार्थ प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच च्यारिटी खेल भएको थियो ।
उक्त खेलमा प्रतिभासम्मिलित न्यु डायमण्डले सरस्वती चौधरी सम्मिलित म्याग्दी काली युनाइटेडलाई २–० को सोझो सेटमा पराजित गरेको छ । यस च्यारिटी खेलबाट संकलित रकम न्यु डायमण्डलाई हस्तान्तरण गरिने छ ।


November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]


October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]


October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]