default_image

7 months ago

May 14, 2025

ब्वाइज युनियन विजयी

538 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ।

यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन।

२४ औं मिनेटमा सुजित बुढाथोकी र ३२ औं मिनेटमा बिनोद राईको गोलमा ब्वाइज युनियन खेलमा फर्कियो। पहिलो हाफमा २-१ को अग्रता कायम गर्यो।

५७ औं मिनेटमा दिव्य विक्रम चौधरीले गोल गरे। यो गोलमा ब्वाइज युनियन ३-१ ले अगाडि बढ्यो। श्री कुमारीका अरुण शाहले ६३ औं मिनेटमा एक गोल फर्काए।

तर ८७ औं मिनेटमा ब्वाइज युनियनको लागि सुशन लामाले गोल गरे। खेलमा ब्वाइज युनियनले ४-२ को अग्रता बनायो।

गोलको वर्षा भएको खेलको ८९ औं मिनेटमा यमन महर्जनले श्री कुमारीको लागि गोल गर्दै गोल अन्तर घटाए। तर इन्जुरी समयमा दिव्य विक्रमले ब्वाइज युनियनको लागि व्यक्तिगत दोस्रो गोल गरे।

यो सँगै ब्वाइज युनियनले ५-३ को जितका साथ महत्वपुर्ण ३ अंक जोड्यो। ११ खेलबाट १९ अंक बनाएको छ। यो सँगै ब्वाइज युनियन रेलिगेसनबाट जोगिने निश्चित भएको छ।

श्री कुमारीसँग मात्र १३ अंक रहेको छ। लिगको १० औं‌ स्थानमा रहेको श्री कुमारी भने रेलिगेसनको खतरामा रहेको छ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.