default_image

6 months ago

June 1, 2025

मोना अस्ट्रेलिया कप भलिबल अर्काे साता

2386 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा नवौं मोना अस्ट्रेलिया कप भलिबल तथा बास्केटबल प्रतियोगिता अर्काे साता हुने भएको छ ।

दुई दिने प्रतियोगिता लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा जुन ७ र ८ तारिख ( जेठ २४ र २५ गते ) मा हुनेछ । प्रतियोगितामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, ३५ वर्षमाथिको भेट्रान्स पुरुष भलिबल र पुरुष बास्केटबल हुने बताइएको छ।

खुल्ला पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको छ । पोल ‘ए’ मा दि गोर्खा स्पोर्ट्स क्लब, म्याग्दी जलजला परिवार अस्ट्रेलिया, ढोरपाटन क्लब अस्ट्रेलिया, पोखरा भलिबल क्लब, इलाइट गोर्खा र पर्वत बेनी रहेका छन् ।

पोल ‘बी’ मा गोल्डेन ब्वाइज भलिबल क्लब, गल्कोट समाज अस्ट्रेलिया, आयोजक मोना अस्ट्रेलिया, थकाली सेवा समिति, छन्त्याल परिवार अस्ट्रेलिया र म्याग्दी काली युनाइटेड रहेका छन् ।

महिलामा ६ टोलीको सहभागिता छ । पोल ‘ए’ मा मोना अस्ट्रेलिया, मंगला समाज र म्याग्दी काली युनाइटेड रहेका छन् । यस्तै पोल ‘बी’ छन्त्याल परिवार, म्याग्दी जलजला र ढोरपाटन रहेका छन् ।

भेट्रान्समा ९ टोलीको सहभागिता रहेको छ । पोल ‘ए’ मा सिड्नी वेस्ट भलिबल क्लब, मोना अस्ट्रेलिया, जलजला परिवार र क्यावेरा भलिबल क्लब तथा पोल ‘बी’ मा छन्त्याल परिवार, ठकुरी भलिबल सिड्नी, बाग्लुङ समाज, दि गोर्खा स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेका छन् ।

यसपटक महिलातर्फको खेलहरु थप रोमाचक हुने तय छ । म्याग्दी काली युनाइटेडबाट प्रतिभा माली वा सरस्वती चौधरीमध्ये एकले खेल्नेछिन् ।

यस्तै पुरुषतर्फ आयोजक मोनाबाट राष्ट्रिय तथा पुलिसका रविन चन्दले खेल्ने पक्का भएको छ । उनले यसअघि गत जनवरीमा माेनाबाट खेल्दै दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिताकाे च्याम्पियन बनाएकाे थियाे ।

यस्तै जलजलाबाट राष्ट्रिय टोलीका लोकेन्द्र राज गिरीसँगै हेमन्त बहादुर मल्ल र विभागीय नेपाल एपिएप क्लबका रमेश विकले खेल्नेछन् ।

लोकेन्द्र र हेमन्तले जलजलाबाट खेलिसकेका छन् । रमेश प्रतियोगितका लागि अस्ट्रेलिया आइसकेका छन् । रविन यसै साता आइपुग्ने आयोजकले जनाएको छ।

गोर्खाबाट विशाल बहादुर बिक, ढोरपाटनबाट राजेन्द्र विष्ट, गल्कोटबाट दिल बहादुर सुनार, म्याग्दी कालीबाट टेकराज अवस्थी र पर्वत बेनीबाट सम्राट भण्डारीले खेल्नेछन् । राष्ट्रिय टोलीका पूर्व कप्तान मानबहादुर श्रेष्ठले पोखरा भलिबल क्लबको प्रतिनिधित्व गर्नेछन् ।

पुरस्कार राशि खुलाइएको छैन । तर, यो सिड्नीमा भलिबलकै सर्वाधिक पुरस्कार राशि रहने आयोजकले जनाएको छ । गत संस्करणमा खुल्ला पुरुष भलिबलमा छन्त्याल परिवार र महिलामा ढोरपाटनले उपाधि जितेको थियो ।

स्टुडेन्ड भाइब्स एजुकेशन एण्ड भिजा सर्भिसेसले मुख्य प्रायोजन गरेको प्रतियोगितालाई एएलडी कर्पाेरेटले सह प्रायोजन गरेको छ । पावरवाईमा नर्टवेस्ट, तृप्ति फाउन्डेसन, नेपमार्ट, एमटी इको लक्ष्मी होम लोन रहेका छन् ।

यस्तै सहयोगीमा हाम्रो रेमिट, लालटिन नेपाली कजिन, युआइसी पेन्टिङ सर्भिस पिटिआई लिमिटेड, गोर्खा ज्वेलरी, फ्लाइट कनेक्ट, खुकुरी अस्ट्रेलिया, नमस्ते ज्वेलरी, डेली फ्रेस केज र हिमाल एण्ड को बार्बर सप रहेका छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.