default_image

7 months ago

June 1, 2025

‘स्वर्णकथा नेपाली फुटबलको’ विमोचन

278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- खेल पत्रकार हिमेशरत्न वज्राचार्यले लेखेको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ विमोचन भएको छ ।

नेपाली फुटबलको सफल इतिहासलाई समेटिएको सो पुस्तक आइतवार नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरे ।

नेपालले तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो (सन् १९८४) र छैटौं (१९९३) संस्करणमा फुटबलमा स्वर्ण पदक जितेको थियो ।

ती दुवै स्वर्ण पदक जित्दाका २ खेलाडी मध्येका एक हुन् शाक्य । अर्का सदस्य‌ उमेश प्रधान अमेरिकामा बस्छन् ।शाक्य छैटौं संस्करणमा टोलीको कप्तान नै थिए ।

तीनै दुई संस्करणको स्वर्ण पदक जित्दाको विषयलाई समावेश गर्दै वज्राचार्यले स्वर्णकथा नेपाली फुटबलको लेखेका हुन् ।

फुटबल इतिहासमा नेपालले जितेको त्यो दुई महत्वपूर्ण उपाधि हुन् । सागको नवौं संस्करणबाट यु २३ टोलीले यसमा प्रतिस्पर्धा गर्छ । नेपाल १२ औं र १३ औं संस्करणको पनि विजेता हो। युवा टोलीले १२ औं‌ सागमा स्वर्ण पदक जित्दा शाक्य त्यसको प्रशिक्षक थिए।

नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो भएपनि अहिलेसम्म फुटबलको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । त्यसैले नेपाली फुटबलको इतिहासमा लेखिएको यो नै पहिलो पुस्तक हो ।

लेखक वज्राचार्यले यो पुस्तक प्रकाशित गर्नु आफ्नो सपना भएको र सपना पूरा भएको बताएका छन् । कान्तिपुर दैनिकमा आबद्ध खेल पत्रकार वज्राचार्य दुई दशक भन्दा लामो समयदेखि फुटबल रिपोर्टिङ गर्दै आएका छन्।

बुकहिलले प्रकाशन गरेको सो पुस्तकको आइतवारबाट विक्री पनि सुरु भएको छ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.