default_image

6 months ago

June 6, 2025

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अर्को साता

518 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अर्को साता यु १४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ ।

विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद आयोजना गरिएको हो ।

प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

जिल्ला/प्रदेश छनोट चरण पार गरी राष्ट्रिय खेलकुदमा ४ सय ७६ खेलाडी सहभागी हुन लागेका हुन् ।
प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र/छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र/छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र/छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र/छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ ।

नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बूढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ । क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ ।

सदस्य–सचिव घिसिङले खेलकुदको जग ग्रासरुट भन्ने धेरै सुनिएपनि व्यहारमा त्यत्ति लागू नभएको हुँदा राखेपले जुनियर प्रतियोगिताको अवधारणालाई अघि सारेको बताए । उनले प्रतियोगितालाई साथ दिने नेपालय, एक्सपर्ट, प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, नेपाल विद्यालय खेलकुद महासंघ, सम्बन्धित खेलका राष्ट्रिय संघलगायत सम्पूर्ण प्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।

एक्सपर्टका खेम संग्रौलाले खेलकुद मानिसलाई अनुशासित र स्वास्थ बनाउने महत्वपूर्ण क्षेत्र भएको बताउदै एक्सपर्ट विगत लामा समयदेखि खेलकुदसंग जोडिएको बताए ।

नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले पब्लिक–प्राइभेट पार्टनरसिपअन्तर्गत जुनियर प्रतियोगिताका लागि राखेपसंग सहकार्य गरेको बताए ।

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले राखेप, प्याब्सन, एनप्याब्सन र शिक्षक महासंघसंग सहकार्य गरी जुनियर प्रतियोगिताको विकासका लागि सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिकी सदस्य एवं प्रतियोगिता संयोजक रञ्जना प्रधान, प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, एन प्याब्सनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.