6 months ago
June 23, 2025
एजेन्सी – रियल म्याड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ।
आइतवार भएको खेलमा मुख्य प्रशिक्षकको रुपमा शाबी आलोन्सोले रियलका लागि पहिलो जित निकाले । १० खेलाडीमा सिमित भएको रियलले पाचुकालाई ३-१ ले हराएको छ।
खेलको सुरुआतमै राउल एसेन्सियोको रातो कार्ड बेहोरेका थिए । सातौँ मिनेटमा सालोमोन रोंडोनलाई पछाडिबाट लडाउनुले अन्तिम रक्षकको गल्तीमा एसेन्सियोले रातो कार्ड पाएका हुन् ।
जुड बेलिङहम, अर्डा गुलर र फेडेरिको भाल्भेर्देले गोल गरेपछि रियल समूह ‘एच’ को शीर्ष स्थानमा पुगेको छ ।
३५औँ मिनेटमा फ्रान गार्सियाको पासमा बेलिङहमले बल बक्सभित्र लिएर बाँया खुट्टाले गोल गरे ।
पहिलो हाफको २ मिनेटअगाडि गुलरले ट्रेण्ट अलेक्ज्यान्डर-अर्नोल्डको सहयोगमा गोल गरे । ७०औँ मिनेटमा कप्तान फेडेरिको भाल्भेर्देले ब्राहिम डायाजको क्रसलाई नजिकबाट गोल गर्दै टोलीको अग्रता बढाए ।
८० औं मिनेटमा एलियास मोन्टिएलले पाचुकाका लागि सान्त्वना गोल गरे । रियल पहिलो खेलमा बराबरीमा रोकिएको थियो।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]