8 years ago
August 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) –मध्यपश्चिममा अर्काे वर्ष आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको मस्कट हात्तीको छापा राख्ने निर्णय भएको छ । युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन), राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको उपस्थितिमा सोमबार नेपालगञ्जमा बसेको आठौं राष्ट्रिय खेलकुद तयारी समितिको बैठकले खेलकुदको मस्कट हात्तीको छावा बनाउने निर्णय गरेको हो ।

यसैबीच बैठकले आठौं राष्ट्रिय खेलकुदको तयारी र पूर्वाधार निर्माणको विषयमा पनि छलफल गरेको छ । यस्तै बैठकले आठौं राष्ट्रिय खेलकुद निर्धारित मिति मंसिरमै गर्ने निर्णय गरेको छ । मन्त्री केसी र सदस्यसचिव विष्टले सोमबारै बाँके र बर्दिया जिल्लामा रहेका खेलकुद पूर्वाधारहरुको निरीक्षणसमेत गरेका थिए । गतवर्ष पूर्वाञ्चलबाट मध्यपश्चिमले आठौं संस्करणको बृहत राष्ट्रिय खेलकुद आयोजना गर्ने अधिकार पाएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]