8 years ago
September 9, 2017
काठमाडौं ( हाम्रो खेलकुद) – खेलाडीको हरेक सफलताको पछाडि प्रशिक्षकको हात रहन्छ । त्यसैले प्रशिक्षकको बेग्लै खालको सम्मान पनि हुने गर्दछ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा दुई दिन पछि हुने पल्सर स्पोर्टस अवार्डमा तीनै प्रशिक्षकहरुका लागि एउटा अलग्गै विधामा समावेश गरिएको छ ।

माथि बाँयाबाट :किरण थापा,मेघराज केसी र पुष्पराज ओझा , तल बाँयाबाट: ग्योतोकु कोजी, जगत टमाटा
यसपटक वर्षको उत्कृष्ट प्रशिक्षक विधामा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी र थ्रीस्टार क्लबका मेघराज केसी, एथलेटिक्सका पुष्पराज ओझा, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापाबीच प्रतिस्पर्धा हुँदैछ । यसपटक उत्कृष्ट बन्ने प्रशिक्षकले मोटरसाइकल पनि प्राप्त गर्नेछन् । यसअघि वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस अवार्डका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार दिइएको थियो ।
जापानी कोजीले नेपाललाई एएफसी सोलिडारिटी कप उपाधि दिलाएका थिए । गत वर्ष मलेसियाको कुचिङमा भएको फाइनलमा मकाउलाई १–० ले हराएर नेपालले अन्तर्राष्ट्रिय फुटलबमा अहिलेसम्मकै सबभन्दा ठूलो उपलब्धि हात पारेको थियो । त्यही उपलब्धिको आधारमा नेपालले फेरि एसियन कप २०१९ को छनोट खेल्ने अवसर पनि पायो । कोजीको नेतृत्वमा नेपाली टोलीले २०७३ सालमा ६ खेलमा ३ जित, २ बराबरी र १ मा हार बेहोरेको थियो ।
गत बर्ष नेपाली ब्याडमिन्टनका लागि सुखद रह्यो । त्यसको एउटा मुख्य हिस्सा प्रशिक्षक थापा हुन् । नेपालले अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा ऐतिहासिक स्वर्ण पदक हात पारेको थियो । उक्त सफलता नङ्सल तामाङ र रत्नजित तामाङले पाकिस्तान इन्टरनेसनल सिरिजको मिक्स डबल्समा दिलाएका थिए । तामाङ दिदी–भाइले ४ खेल जित्दै स्वर्ण हात पारेका थिए । उक्त प्रतियोगितामा नङ्सलले वुमेन्स सिंगल्समा पनि कांस्यपदक जितेकी थिइन् । त्यो टोलीको मुख्य प्रशिक्षक थापा थिए ।
रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक हुन्, पुष्पराज ओझा । उनका चेली सरस्वतीले रियोमा १५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् । ओझाले सम्हालेको त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा सर्वाधिक २२ स्वर्ण, १६ रजत र ८ कांस्यपदक पनि जितेको थियो ।
अर्का फुटबल प्रशिक्षक मेघराज केसीले थ्रीस्टारलाई गत वर्ष दुई प्रतियोगितामा सफलता दिलाएका थिए । एएफसी कपको प्रारम्भिक छनोटमा मंगोलिया र कम्बोडियाली लिग च्याम्पियनलाई पन्छाउँदै थ्रीस्टार शीर्षस्थनमा रहेर अन्तिम प्ले–अफमा छनोट भएको थियो । उनकै नेतृत्वमा थ्रीस्टारले फाइनलमा इस्ट बेंगाललाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै गुवहाटीमा भएको ६४ औं बोर्दोलोई ट्रफिको उपाधि जितेको थियो ।
टामाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक हुन् । उनले गत वर्ष विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाललाई ६ खेलमध्ये ४ खेल जिताएका थिए । त्यसक्रममा नेपाल शीर्षस्थानको नेदरल्यान्ड्सलाई पराजित गर्ने एक्लो टिम बन्यो । नेपालले च्याम्पियनसिपमा नामिबियाविरुद्ध २ र केन्यासँग १ खेल पनि जितेको थियो । त्यस्तै, इमर्जिङ टिम्स कपमा हङकङलाई पनि हराएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]