default_image

8 years ago

March 5, 2018

एपीएफले भलिबल, व्याडमिन्टन र लनटेनिस आयोजना गर्ने

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको केन्द्रिय खेलकुद समितिले ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

एपीएफको खेलकुद समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन प्रतियोगिता यही फागुन २७ गतेबाट सञ्चालन हुने जानकारी गराएको हो । समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सम्बन्धित खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम अनुसार प्रतियोगिता सञ्चालन हुने बताए । उक्त तीनवटै प्रतियोगिताको कूल पुरस्कार राशी १७ लाख ६० हजार रुपैयाँ रहेको छ ।
व्याडमिन्टन प्रतियोगितामा समावेश इभेन्ट्सहरु पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १७ वर्षमुनिका केटा÷केटी एकल, भेट्रान्स युगल ४५÷५५ वर्ष, मिक्स डबल्स र इन्टर गभर्मेन्टल सर्भिसतर्फ ३५ वर्षमाथि युगल रहेका छन् ।
लनटेनिसतर्फ समावेश इभेन्ट्सहरु पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, ३५ वर्षमाथि भेट्रान्स एकल, ४५ वर्षमाथि भेट्रान्स एकल, ५५ वर्षमाथि भेट्रान्स एकल, ३५ वर्षमाथि भेट्रान्स युगल, ४५ वर्षमाथि भेट्रान्स युगल, ५५ वर्षमाथि भेट्रान्स युगल र ६५ वर्षमाथि भेट्रान्स एकल र इन्टर गभर्मेन्टल सर्भिसतर्फ एकल तथा युगल इभेन्ट्सहरु समावेश रहेका छन् ।
दशा इभेन्ट्सहरु समावेश व्याडमिन्टन प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख १० हजार रुपैयाँ रहेको छ । १३ वटा इभेन्ट्सहरु समावेश लनटेनिस प्रतियोगिताको कूल पुरस्कार राशी ५ लाख ९५ हजार रुपैयाँ रहेको छ । यसैगरी ४ लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले जनही ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

भलिबलमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल टिम र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको छ । सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
व्याडमिन्टनतर्फ पुरुष एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछ । व्याडमिन्टनतर्फको पुरुष युगलमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ । महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २५ हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छ ।
यसैगरी लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला एकलमा प्र्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लनटेनिसतर्फकै पुरुष युगलमा प्रथम पुरस्कार ४० हजार, द्वितिय पुरस्कार २० हजार र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ रहेको छ । महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ नै रहेको छ । प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुले एकल इभेन्टतर्फ पाँचसय र युगलतर्फ एक हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र सातोबाटोस्थित लनटेनिस कोर्टमा हुनेछन् । कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, अखिल नेपाल लनटेनिस संघका प्रतिनिधि कृष्णराज घले, नेपाल खेलकुद पत्रकार महासंघका अध्यक्ष महेश आचार्य लगायतको उपस्थिति रहेको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.