10 years ago
January 22, 2016
काठमाडौं, माघ ७ गते ।
सार्वजनिक संस्थान खेलकुद संघ नेपालको आयोजनामा नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता टेलिकम कप– २०७२ माघ १५ गतेदेखि हुने भएको छ । नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा दौड र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् ।
दौडलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने छ । पुरुष/महिलातर्फ क्रमश: १० र ५ किलोमिटर दूरीमा खुला र कर्मचारीतर्फ प्रतिस्पर्धा हुनेछ । खुलामा राष्ट्रियस्तरका खेलाडी समेतले भाग लिन पाउने छन् । कर्मचारीतर्फ सार्वजनिक संस्थान, स्थानिय निकाय, दूरसंचार प्रदायक कम्पनी, एयरलाइन्स तथा ‘क’ वर्गका बैंकमा कार्यरत कर्मचारीहरु समावेश हुन पाउने प्रावधान छ ।
दौडतर्फ कुल पुरस्कार राशी १ लाख ६० हजार रुपैयाा रहेको छ । खुलातर्फ पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कर्मचारीतर्फ शीर्ष तीन स्थान हात पार्ने पुरुष/महिलाले क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पार्ने छन् ।
बुद्धिचालमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जित्ने छन् । बुद्धिचाल माघ १५ र १६ गते भद्रकाली प्लाजास्थित टेलिकमको केन्द्रीय कार्यलयमा हुने छ । माघ १६ मा हुने दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालबाट सुरु भइ पुन: दशरथ रंगशालामै आएर टुंगिने छ ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ९२ हजार रुपैयाा खर्च हुने अनुमान गरिएको आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी गराए । स्थान उपलब्ध नभएकाले भलिबल, टेबलटेनिस र ब्याडमिन्टनलाई बैशाखमा गर्ने गरी सारिएको महासचिव श्रेष्ठले बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]