default_image

7 years ago

July 6, 2018

नवीन एसियाड कराते टोलीबाट हटाइए, विजय प्रशिक्षणमा

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पटक पटकको प्रयासपछि पनि एसियाली खेलकुदको तयारी प्रशिक्षणमा सामेल नभएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते खेलाडी नवीन रसाइली टोलीबाट हटाएको छ । नवीनको ठाँउमा छनोटको फाइनलमा ६७ केजीको फाइनलमा उनैसँग पराजित भएका विजय लामालाई समावेश गरिएको छ । डन्डोनेसियामा भदौ २ देखि १७ गते सम्म १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ । 

जेठ १ गते देखि पोखरामा अभ्यास गरिरहेका कराते टोलीका अन्य खेलाडीसँग विजय असार १७ गतेबाट सामेल भएको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् । असार १५ मा सदस्य सचिव स्तरीय निर्णयका आधारमा विजय टोलीमा सामेल भएका हुन् । विजयले सन् २०१४ मा इन्चोन एसियाडमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए ।

खेलाडी विजय लामा

 

राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुनबहादुर विकले बारम्बार फोन सम्पर्क, पत्रचार र राष्ट्रिय दैनिकमा सुचना जारी गर्दा पनि नवीन सम्पर्कमा नआएपछि उनको ठाँउमा विजयलाई राखिएको बताए । नवीन बालाजु एकेडेमीका खेलाडी हुन् । वैशाखमा भएको एसियाली खेलकुदका लागि छनोट भएका सबै खेलाडी पोखरामा प्रशिक्षणमा रहँदा पनि नवीन भने सहभागी भएनन् ।

‘मैले नै पटक पटक नवीनसँग र उनका प्रशिक्षक ध्रुब विक्रम मल्लसँग प्रशिक्षणमा सामेल हुनका लागि भन्दै सम्पर्क गरे । पछि फोन उठ्न छाड्यो ,निर्देशक विकले भने, ‘पछि त्यसपछि पत्र पठाएम् । पत्र नबुझेपछि हुलाकमार्फत दुई पटक पत्र पठायौं । त्यसको पनि जवाफ आएन । असार १५ मा अन्नपूर्ण पोष्टमा सुचना जारी गर्यौं । त्यसपछि पनि सम्पर्कमा नआएपछि हामीले विजयलाई छनोट गरेका हौं ।’

उता खेलाडी नवीनले भने आफु विदेश र सल्याण प्रतियोगितामा भाग लिन गएका कारण प्रशिक्षणमा सामेल हुन नपाएको बताउँछन् । उनले एसियाडमा भाग लिने भन्दै छनोटमा भाग लिएको बताएपनि प्रशिक्षणमा रहेका अन्य खेलाडीसँगै किन नगएको भन्ने प्रश्नमा जवाफ दिएनन् । उनले आफुले कुनै जानकारी नदिएको स्वीकार गरे । निर्देशक विकले एक पटक प्रशिक्षणमा सामेल हुन फोन गरेको उनको भनाई थियो ।

नवीनका प्रशिक्षक मल्लले भने आफ्नै खेलाडीले एसियाड खेल्ने दाबी गरे । ‘मैले मन्त्री, सदस्य सचिवलाई पनि जानकारी गराइसकेको छु,’ उनले भने, ‘नवीन यो बीच प्रतियोगितामा भाग लिन गएका थिए । अब पनि जान्छन् । त्यसैले उनी समावेश नभएको हुन् ।’ एक पटक विकसँग फोनमा आफ्नो कुरा भएको स्वीकार गर्दै मल्लले हुलाकबाट आएको पत्र आफुले केहि दिन अघि मात्र प्राप्त गरेको बताए ।

उनले नवीनको ठाँउमा अर्को खेलाडीलाई प्रशिक्षणमा सामेल गर्नु बेइमानी भएको बताए । मल्लका अनुसार नवीन र उनी प्रतियोगिता खेल्न आइतबार जोर्डन जाने तयारीमा छन् । जुलाई १७ मा नेपाल फर्केपछि नवीन जुलाई १८ मा थाइल्यान्ड जाने तयारीमा रहेको पनि मल्लले जानकारी दिए । यसअघि एन्चोड एसियाडमा जस्तै यसपटक पनि खेलाडीका कारण विवाद बढ्ने सम्भावना देखिएको छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.