default_image

8 years ago

February 14, 2016

सागमा कमजोर तयारी, सन्तोषजनक प्रदर्शन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद९ राखेप का सदस्य सचिव केशवकुमार विष्ट बारम्बार दोहोराउथे,‘ पदक जित्न साधन श्रोत मात्र होइन, इच्छाशक्ति र उच्च मनोबल चाहिन्छ ।’ १२ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी सन्तोषजनक नभएपछि खेलाडीलाई उत्साह भर्न उनी यहि भनाई दोहोराइ रहन्थे । सरकारले समयमा बजेट निकासा नगरेको वहानामा नेपालले सागको अन्तिम तयारी पुरा महिना […]

42 views

0 Bookmark

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद९ राखेप का सदस्य सचिव केशवकुमार विष्ट बारम्बार दोहोराउथे,‘ पदक जित्न साधन श्रोत मात्र होइन, इच्छाशक्ति र उच्च मनोबल चाहिन्छ ।’

nima gharti magar

१२ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी सन्तोषजनक नभएपछि खेलाडीलाई उत्साह भर्न उनी यहि भनाई दोहोराइ रहन्थे । सरकारले समयमा बजेट निकासा नगरेको वहानामा नेपालले सागको अन्तिम तयारी पुरा महिना दिन पनि राम्रो गर्न पाएन । त्यसकारण पनि धेरै यसपटक सागबाट नेपाली टोली लज्जाबोध गर्दैै फर्कनुपर्ने अनुमान गरेका थिए ।  तर, संयोग अहिले सम्म एउटा स्वर्णमा मात्र चित्त बुझाउनु परेपनि बाँकी पदक संख्या हर्ने हो भने राखेप नेतृत्वले लाजमर्दो अवस्था छैन ।

पदक संख्यामात्र हेर्ने हो भने नेपालले अघिल्लो सागको पदकलाई उछिन्ने सम्भावना पनि छ । तर, के यी पदक राखेपको चुस्त व्यवस्थापनकै कारण आएका हुन् त, यसको समिक्षा आवश्यक छ । शुक्रबार सम्म १ स्वर्ण, १४ रजत, १२ कास्य गरि ३७ पदक जितेका नेपाली खेलाडीले जितिसकेका छन, त्यसमा राखेपको योजना र तयारीले काम गरेको छ , त्यो चाही गम्भिर प्रश्न हो । भारतको सिलोङ र गुवाहाटीमा जारी सागमा पुगेर पदक विजेता खेलाडीसँग तस्बिर खिचाउँदैमा राखेप नेतृत्वको जिम्मेवारी पुरा मान्न सकिन्छ, कदापी सकिन्न ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक तयारी गर्न नसकेपनि १२ औं सागका २३ मध्ये आधाभन्दा बढी खेल सकिदा नेपालको पदक संख्या लाजमर्दो अवस्थामा छैन । विगतमा जस्तै नियमित पदक नेपालले जितेकै छ । उसुको पदक संख्या विगतमा भन्दा उल्लेख भएपनि स्वर्ण पदकको संख्या भने अपेक्षा गरेभन्दा कम भएको छ । १० औं सागबाट समावेश उसुले पछिल्ला दुवै संस्करणमा कम्तीमा २ स्वर्ण पदक जितेको थियो । तर, यसपटक निमा घर्तिमगरको स्वर्णमै चित्त बुझाउनु परेको छ । उसुका १६ खेलाडीमध्ये १२ खेलाडी पदक जितेका छन् । निमाले स्वर्ण र सरोज पुनले कास्यबाहेक १० खेलाडीले रजत पदक जितेका थिए । तयारी राम्रो हुन सकेको भए सायद स्वर्णको संख्या यो भन्दा बढ्न सक्थ्यो । स्वर्ण पदक जित्नबाट चुकेकी उसुकी झरना गुरुङले भनेकी थिइन्,‘ भारतीय खेलाडीले १८ महिना तयारी गर्छन् , हामीले १८ दिनको तयारीमा यो प्रदर्शनमा गर्नुपर्छ ।’ झरनाको भनाइबाट पनि नेपाली खेलाडीको निरिहता प्रष्ट हुन्छ ।

नेपालले स्वर्ण पदक उसु, तेक्वान्दो जस्ता खेलबाटै बढी अपेक्षा राखेको थियो । ट्रायथोलनका खेलाडीले एक रजत र एक कास्य जितेका छन् । तेक्वान्दोबाट पदक आशा गरिएको छ । पहिलो दिन एक रजत र एक कास्यमा चित्त बुझाउनुपरेको थियो । बक्सिङबाट पनि पदकको आशा गरिएको छ । त्यसैले नेपालको पदकसँख्या अझै बढ्ने सम्भावना छ । पुरुष र महिला फुटबलमा कम्तीमा रजत आउने पक्का छ भइसकेको छ ।

पौडीमा एतिहासिक सफलता
व्यक्तिगत प्रतिस्पर्धामा यसपटक गौरिका सिंह नेपाली टोलीको केन्द्रमा रहिन् । उनले पौडीमा दिलाएको सफलता यसअघि सागमा कुनै खेलाडीले दिलाउन सकेका थिएनन् । १२ औं सागलाई मुख्यतः गौरिकाकै नामबाट स्मरण गरिनेछ । २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा रजत पदक जितेकी उनले सय मिटर ब्याक स्ट्रोक, ४ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइलमा कांस्य पदक जितेकी थिइन् । सागमा व्यक्तिगत इभेन्टमा पदक जित्ने गौरिका पहिलो नेपाली पौडीवाज हुन् । तर, उनीमा नेपाल सरकारको कत्ति पनि लगानी छैन । बेलायतमा बस्दै आएकी उनले दिनको १० घन्टा अभ्यासमा बिताउने गरेकी छिन् । विदेशमा बस्ने र नेपालमा तयारी गर्नेबीचको अन्तर सागको नतिजाबाट पनि छर्लङ् हुन्छ । यसअघि पदक होइन, राष्ट्रिय कीर्तिमान भंग गर्ने लक्ष्य हुन्थ्यो । गौरिकाले नयाँ ढंगले सोच्न बाध्य बनाइकी छन् ।

भारोत्तोलनमा

सागमा पहिलो पटक भारोत्तोलन समावेश गरिएको थियो । त्यसमा नेपाली खेलाडीले उत्साहजनक प्रदर्शन गरे । पुरुषमात्रको इभेन्ट रहँदा पनि सबैभन्दा बढी पदक जितेको नेपाली भारोत्तोलनमा महिलाले पनि योगदान गर्ने सक्ने प्रमाणित भएको छ । विकास थापाले रजत पदक जित्दा देवी चौधरी, जुनुमाया छन्त्याल र तारादेवी पुनले कास्य पदक दिलाएकी छिन् ।

टिम इभेन्टमा नेपालले ब्याडमिन्टन, टेबल टेनिस, आर्चरीमा विगतमा जस्तै कास्य पदकलाई यसपटक पनि निरन्तरता दिएका छन् । आर्चरीमा प्रेमप्रसाद पुन र ब्याडमिन्टनमा नङ्सलदेवी तामाङले व्यक्तिगततर्फ कास्य पदक जित्नुलाई भने सन्तोषजनक मान्न सकिन्छ । भारोत्तोलनमा पनि दुई कास्य पदकलाई विगतकै निरन्तरताका रुपमा लिनुपर्छ । खोखो र महिला हक्कीमा पदक प्रदर्शनमा भन्दा पनि सहभागिताकै आधारमा मिलेका हुन् । भलिबलले कास्य जित्दै साग जोगाउन काम गरेको छ । एक समय म्याराथन र मध्यम दुरीका कारण चर्चामा रहने गरेको नेपाली एथलेटिक्स यसपटक झन्डै पदक विहीनको अवस्थाबाट फर्केको छ । हरिककुमार रिमालले ५ हजार मिटर दौडमा कास्य जितेर एथलेटिक्सको इज्जत थेगिदिए ।

खेलाडीलाई विना तयारी इच्छा शक्तिकै भरमा पदकको अपेक्षा गर्ने हो भने राखेपको औचित्यमाथि पनि प्रश्न खडा हुनेछ ।

१२ औं सागमा अहिले सम्म पदक जित्ने खेलाडी
स्वर्ण – निमा घर्तिमगर (उसु)

रजत – गौरिका सिंह (पौडी), विकास थापा (भारोत्तोलन), विजय सिंजाली (उसु), सुस्मिता तामाङ(उसु), युवराज थापा(उसु), विश्व बुढामगर (उसु), झरना गुरुङ (उसु), हरिप्रसाद गोले (उसु), सविता राई (उसु), जुनी राई (उसु), विन्दु पुनमगर (उसु), राजेश चौधरी (उसु), रेजिना कार्की (तेक्वान्दो) , टिम रिले (ट्रायथोलन)

कास्य – गौरिका सिंह –३ (पौडी), सरोज पुन (उसु) , देवी चौधरी (भारोत्तोलन), जुनुमाया छन्त्याल (भारोत्तोलन), तारादेवी पुन (भारोत्तोलन), सरोज यादव (कुस्ती), रामबाबु यादव (कुस्ती),नङ्सलदेवी तामाङ (ब्याडमिन्टन), प्रेमप्रसाद पुन (आर्चरी), हरिकुमार रिमाल एथलेटिक्स, पुरुष टिम टेबल टेनिस, पुरुष टिम ब्याडमिन्टन, पुरुष टिम (खोखो), महिला टिम (खोखो), महिला डबल्स ९(टेबल टेनिस) , महिला टिम (स्क्वा),(भलिबल)महिला, रोजा केसी (ट्रायथोलन) ,रामहरि महत (तेक्वान्दो)

दक्षिण एसियाली खेलकुदमा नेपालको पदक तालिका
कहिले स्वर्ण रजत कास्य कुल स्थान
प्रथम १९८३, काठमाण्डौ ४ १२ ८ २४ चौथो
दोश्रो १९८५, ढाका १ ९ २२ ३२ पाँचौं
तेश्रो १९८७, कलकत्ता २ ७ ३३ ४२ पाँचौं
चौथो १९८९, इस्लामाबाद १ १३ ३२ ४६ चौथो
पाँचौं १९९१, कोलम्बो २ ८ ३० ४० पाँचौं
छैटौं १९९३, ढाका १ ६ १५ २२ पाँचौं
सातौं १९९५, मद्रास ४ ८ १६ २८ पाँचौं
आठौं १९९९, काठमाडौं ३१ १० २४ ६५ दोश्रो
नवौं २००४, इस्लामाबाद ७ ६ ९ २२ चौथो
दशौं २००६, कोलम्बो ९× १५ ३१ ५५ चौथो
एघारौं २०१०, ढाका ८ ९ २० ३७ पाँचौं
बाह्रौ २०१६ १ १४ २२ ३७ रु
–१० औं सागमा एथलेटिक्सका राजेन्द्र भण्डारी डोपिङ टेस्मा असफल भएपछि उनको दुई स्वर्ण खोसिएको थियो ।

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

Success

Thank you for your time.