default_image

7 years ago

August 30, 2018

एसियाड जुडोमा खराव प्रदर्शनः फूपुसँगै मनिता र सन्जितको हार

163 views

0 Bookmark

जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्समा अन्र्तगतको जुडोमा नेपालले खराव प्रदर्शन गरेको छ । बुधबार पहिलो दिन इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पराजित हुदा बिहिबार तीन खेलाडी पराजित भएको हो ।

मनिता श्रेष्ठ प्रधान । फाइल तस्वीर

जेसीसी प्लेनरी हलमा बिहिबार भएको खेलमा दक्षिण एसियायली खेलकुद (साग) की स्वर्णधारी तथा ओलम्पियन फूपुल्हामु खत्री पराजित भएकै दिन पदकको अपेक्षा गरिएको मनिता श्रेष्ठ प्रधान र सन्जित डंगोल पनि पराजित भएको हो ।
महिला ५७ केजी तौलसमूह मुनि मनिता राउन्ड अफ ३२ को खेलमा भियतनामकी थि विच न्युगेनसँग १०–१ ले पराजित भइन् । मनितचाले २ सिदो र एक इप्पोन (नकआउट) पाइन् । ४४ सेकेन्डमै मनिताले सिदोबाट एक अंक जोडेकी थिइन् । तर, त्यसपछि उनी खेलमा टिक्न सकिनन् ।
पुरुष ७३ केजी मुनिको राउन्ड अफ ३२ को खेलमा नेपालका सन्जित डंगोल साउदी अरबका सुलैमान फाहाद हमादसँग १०–० ले निराश भए । सन्जित हमादसँग १ मिनेट ३३ सेकेन्ड मात्रै टिके ।
बिहिबार बिहानै फूपु आयोजक इन्डोनेसियाकी युली अर्डिलिया फार्दिफ्थासँग अन्तिम १६ मा १–० ले पराजित भएकी हुन् । खेलको ३० सेकेन्डमा युलीले वाजारी अंक प्राप्त गरेकी थिइन् । आयोजककी खेलाडीले रक्षात्मक खेल्दै प्राप्त अंकलाई जोगाएकी थिइन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.