default_image

6 years ago

September 1, 2018

राफेल नाडाल युएस ओपनको प्रि–क्वाटरफाइनलमा

न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले रुसी खेलाडी करेन खचानोभमाथि ३–१ को संघर्षपूर्ण जित निकाल्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ३२ वर्षीय नाडाल पहिलो सेटमा ५–७ ले पछि परेको थियो । १७ […]

40 views

0 Bookmark

न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले रुसी खेलाडी करेन खचानोभमाथि ३–१ को संघर्षपूर्ण जित निकाल्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ३२ वर्षीय नाडाल पहिलो सेटमा ५–७ ले पछि परेको थियो । १७ पटकको ग्रान्डस्लाम च्याम्पियन नाडालले त्यसपछिको तीन सेटमा संघर्षपूर्ण जित निकाल्यो । दोस्रो सेटमा ७–५ को जित निकालेको नाडालले तेस्रो र चौथो सेट क्रमश ७–६ र ७–६ को जित निकाल्न सफल भयो । खचानोभमाथि जित निकाल्न नाडालले अब अन्तिम १६ मा जर्जियाका निकोलोज बासिलासभिलीसँग प्रतिस्पर्धा गर्नेछन् ।


शनिबार बिहानै सम्पन्न महिलातर्फको खेलमा सेरेना विलियम्सले दिदी भेनस विलियम्सलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी छन् ।
न्युयोर्कमा भएको खेलमा सेरेनाले दिदी भेनसमाथि ६–१ र ६–२ को सोझो सेटमा जित निकालेकी हुन् । सेरेनाले अब प्रि–क्वाटरफाइनलमा इस्टोनियाकी काया कानेपीसँग खेल्नेछिन् ।

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

April 27, 2024

राष्ट्रिय महिला भलिबलमा निरुता सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् । व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व […]

Success

Thank you for your time.