काठमाडौं, फागुन १२
उपेन्द्रकुमार पौडेल अध्यक्ष रहेको रोप स्किपिङ संघ राष्ट्रिय खेलकुद परिषद्मा १५६ औं संघको रुपमा दर्ता भएको छ ।
त्यसैगरी उपाध्यक्षमा दाङका प्रकाश पाण्डे, इलामका गोपाल आचार्य र अर्घाखाँचीका निरज ज्ञवाली रहेका छन् । महासचिवमा धादिङका अशोक नेपाल, सचिवमा इलामका रविन सिजापति र कोषाध्यक्षमा बर्दियाकी उर्मिला रावल रहेका छन् । १३ सदस्य तदर्थ समितिमा ६ जना सदस्य रहेका छन् ।
संघका पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले मंगलवार साझ प्रमाण–पत्र बितरण गरेका छन् ।