7 years ago
September 8, 2018
न्युयोर्क (एजेन्सी) – विश्व नम्वर एक स्पेनिस राफेल नाडालले चोटका कारण खेल त्यागेपछि अर्जेन्टिनी टेनिस खेलाडी हुवान मार्टिन डेल पोर्टाे युएस ओपनको फाइनलमा पुगेका छन् ।
अर्थ एसे स्टेडियममा शुक्रबार राति भएको सेमिफाइनल खेलको दोस्रो सेट चलिरहँदा नाडालले घुडामा चोट बेहोर्दै खेल्न नसक्ने भएपछि डेल पोर्टाेले उपाधिका लागि नोभाक जोकोभिचसँगको भेट पक्का गरेका हुन् ।
डेल पोर्टाेले पहिलो सेट ७–६ ले जितेको दोस्रो सेटमा ६–२ को पछि परेको थियो । ३२ वर्षीय नाडालले चोट बेहोरेपछि खेललाई निरन्तरता दिन नसक्ने बताएपछि डेल अघिल्लो चरणमा पुग्न सफल भयो । नाडालले गत जनवरीमा अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा चोटकै कारण मारिन सिलिकलाई वाकओभर दिएका थिए ।

‘मैले यो प्रतियोगितामा केही समस्याहरु भेगिरहेको छु । विशेषगरी शुरुको दोस्रो र तेस्रो खेलमा बढी समस्या भोगे । त्यसपछि मैले केही सहज महसुस गरे ।’ नाडालले खेल त्याग्दै भनेका छन्, ‘पोर्टाेसँगको पहिलो सेट देखि नै म मेरो पुरानो समस्यासँग जुध्न पुगे । दोस्रो सेट खेल्नै सकिन । खेल्नै नसक्ने भएपछि खेल त्यागेको हुन् ।
पोर्टाे ९ वर्षपछि कुनै पनि युएस ओपनको फाइनलमा पुग्न सफल भएका हुन् । पोर्टाे त्यतिबेला च्याम्पियन नै बनेका थिए ।
पा्ेर्टाेले अब उपाधिका लागि सर्वियन नोभाक जोकोभिचसँग खेल्नेछ । जोकोभिचले जापानी निसिकोरीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए । फाइनल खेल आइतबार हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]