7 years ago
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि शुरु हुने भएको छ । आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराउनदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ । यसपटक पुरुष युगल खुल्लालाई प्रतियोगितामा समावेश गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन टिमका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक सुदिप योन्जनले जानकारी गराए ।
यसपटक पुरुष एकल खुल्ला, पुरुष डबल्स (टप २० बाहेक), महिला एकल खुल्ला, यु–१५ पुरुष खुल्ला र यु–१५ महिला एकल खुल्ला, मिक्स डबल्स खुल्ला, मास्टर ३५ वर्षमाथि खुल्ला, मास्टर ४५ वर्षमाथि खुल्ला र पुरुष डबल्स खुल्लामा प्रतिस्पर्धा हुनेछ । सबै विधामा ४३ टिमबाट यसपटक ३०५ खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरुष सिंगल्र्सतर्फको विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान ५–५ हजार प्राप्त गर्नेछन् । पुरुष डबल्स खुल्लातर्फको विजेताले २५ हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पुग्नेले ८ हजार पाउनेछ ।
पुरुष डबल्स (टप २० बाहेक)को विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पुग्नेले १० हजार पाउनेछ । महिला एकलतर्फको विजेताले २५ हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गर्नेछ ।
यु–१५ ब्वाइज र महिलाको विजेताले समान १६ हजार पाउनेछ । ब्वाइजतर्फ दोस्रो हुनेले ६ हजार तथा महिलाले ८ हजार पाउनेछ । तेस्रो हुनेले समान ६ हजार पाउनेछ ।
मिक्स डबल्र्सका विजेताले २० हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ६ हजार प्राप्त गर्नेछ । मास्टर ३५ र ४५ माथिको विजेताले समान २० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले समान ८ हजार प्राप्त गर्नेछ ।
यसअघिको दुवै संस्करणको पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र महिला एकलमा आर्मीकै नङ्सलदेवी तामाङ च्याम्पियन बनेको थियो ।
प्रतियोगिताको सबै खेल जेष्ट ब्याडमिन्टन एकेडेमी बसुन्धारमा हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]