default_image

7 years ago

September 23, 2018

जुम्ल्याहा दिदी बहिनी (मायांका र माहिका) सेमिफाइनलमा

196 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको सेमिफाइनल प्रवेश गरेकी छन् ।

 

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको क्वाटरफाइनल खेलमा मायांकाले एश्लेशा लिसानेभिचलाई ६–२, ६–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । बहिनी माहिकाले एनी माथेमालाई ७–६ र ६–१ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । यस्तै प्रेरणा कोइरालाले प्रकृति श्रेष्ठलाई ६–०, ६–१ ले तथा अभिलाषा भने आइरा रावत (रिटायर्ड हर्ट) भएपछि अन्तिम चारमा पुगिन् । तर, खेलमा अभिलाषाले ७–६, ४–२ ले अग्रता लिएकी थिइन् ।

पुरुष सिंगल्सतर्फ निक रासट्रपले प्रणब खनाललाई २–१ को सेटमा पराजित गरे । निशान श्रेष्ठले सुब्रत बस्नेतलाई ७–६, ७–५ ले, प्रदीप खड्काले इभानहोइ लिसानेभीचलाई ६–२, ६–३ ले, कमल भण्डारीले भिष्मजंग गुरुङलाई ६–१, ६–० ले, महेश श्रेष्ठले नीम वान राईलाई ६–०, ६–० ले र सन्तोष खत्रीले बिजय महर्जनलाई ६–०, ६–१ ले हराएका थिए । नबीन मगरविरुद्ध इन्द्रबहादुर शाहले र जितेन्द्र परियारविरुद्ध मुक्तिसेन गुरुंगले वाकओभर दिएका थिए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.