10 years ago
March 4, 2016
काठमाडौं, फागुन २१ । दुई विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘प्रथम रुस्लान कप २०७२’को उपाधिको लागि भिड्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा दुवै टिमले सेमिफाइनलमा आ–आफ्नो खेल जित्दै उपाधि भिडन्त पक्का गरेको हो । पहिलो खेलमा त्रिभुवन आर्मीले बुटवलको न्यू होराइजन क्रिकेट क्लबलाई ८ विककेटले पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । न्यू होराइजनले दिएको ८५ रनको झिनो लक्ष्य आर्मीले १४.५ ओभरमा दुई विकेट गुमाएर पुरा ग¥यो । आर्मीको जितमा सागर पुनले २६ रनको योगदान दिए । यस्तै नरेश बुढाऐर २० तथा विनोद भण्डारी १८ रनमा अविजित रहे । अनिल मण्डल ११ रनमा पभेलियन फर्किए । न्यू होराइजनका देवेन्द्र सिमोरे र राहुल प्रजापतिले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउदै ८४ रनमात्र बनाउन सक्यो । न्यु होराइजनका निर्मल थापा २० रन बनाएर आउट भए । सन्दिप सुनारले १८ तथा निरध्वोज सेनले १५ रन बनाउदा अन्य ब्याट्सम्यानरुले गतिलो प्रदर्शन गर्न सकेनन् न्यू होराइजनको पारी धराशयी बनाउने क्रममा आर्मीका सागर पुन एक्लैले चार विकेट हात पारे । यस्तै चन्द्र सावतले तीन तथा सोमपाल कामी र विक्रम सोवले समान एक–एक विकेट लिए ।
यस्तै दुई विभागीय टिम(पुलिस र एपिएफ)बीच शुक्रबारै भएको दोस्रो सेफिाइनलमा नेपाल पुलिस क्लबले ५ विकेटले बाजी मा¥यो ।
एपिएफले दिएको १२३ रनको मध्यम लक्ष्य पुलिसले १८.५ ओभरमा ५ विकेट गुमाउदै पुरा ग¥यो । पुलिसको जितमा शंकर रानाले सर्वाधिक ३६ रनको योगदान दिदा अमित श्रेष्ठ ३४ रन बनाएर पभेलियन फर्किए । ओपनर ब्याट्सम्यान सुनिल धमलाले १६ रन जोडे । मञ्जित श्रेष्ठ ९ रनमा आउट हुदा प्रेम तामाङ ७ रनमा अविजित रहे । एपिएफका शक्ति गौचन एक्लैले पाँच विकेट लिएपनि त्यो जितको लागि पर्याप्त भएन । यस्तै बसन्त रेग्मीले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले सुवाश खकुरेलको ५४ रनको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १२२ रनको योगफल तयार पारेको थियो । यस्तै प्रदिप ऐरीले २५ तथा कप्तान ज्ञानेन्द्र मल्लले १६ रन जोडेपनि अन्य ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न नसक्दा एपिएफ मध्यम योगफलमै समेटियो । पुलिसका मञ्जित श्रेष्ठले तीन विकेट हात पारे । दिपेन्द्र ऐरीले दुई विकेट तथा ललित भण्डारीले एक विकेट लिए ।
प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख रुपैया प्राप्त गर्नेछ । उपविजेताले १ लाख पाउनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]