10 years ago
March 10, 2016
धनगढी, फागुन २७
धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल) सिजन–३ मा शीर्ष स्थानको चौराहाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । बिहिबार भएको खेलमा सन्तोषी टोलसँग ६ विकेटले पराजित भएपछि चौराहाको अपराजित यात्रामा पुर्णविराम लागेको हो । पराजित भएपनि चौराहाले नेट रनरेटमा क्याम्पसरोडलाई पछि पार्दै शीर्ष स्थानमा कायमै छ । यस्तै दोस्रो जित दर्ता गर्दै क्याम्पसरोड ४ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ ।

बिहिबार भएको दोस्रो खेलमा सन्तोषी टोलले चौराहालाई ६ विकेटले पराजित भयो । चौराहाले दिएको ९७ रनको सामान्य लक्ष्य सन्तोषी टोलले १७.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सन्तोषीको जितमा नटआउट रहेका ओपनर विजय रानाले ३९ रनको पारी खेले । त्यस्तै अर्का ओपनर सुनिल धमलाले २९ रन बनाए । चौराहाका सोनु तामाङ एक्लैले ४ विकेट लिएपनि त्यो जितको लागि पर्याप्त भएन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चौराहाले १८.२ ओभरमा सवै विकेट गुमाएर ९६ रन बनायो । योगेन्द्र सिंह कार्कीले सर्वाधिक १९ रन बनाएको इनिङमा विपिन रावलले १३ रन बनाई साथ दिए । त्यस्तै सन्दिप जोराले १० रन जोडे । म्यान अफ द म्याच सन्तोषी टोलका टेकेन्द्र बोहरा र प्रकाश कार्कीले ३ विकेट हात पारे । सुनिल धमला र अमित बुढाले समान २ विकेट लिए ।
यस्तै बिहिबारको पहिलो खेलमा क्याम्पस रोडले हसनपुर रोयल्सलाई ४ विकेटले पराजित पार्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । हसनपुरले दिएको ४९ रनको झिनो लक्ष्य क्याम्पस रोडले जवाफी ब्याटिङमा क्याम्पसरोडले १४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो । अमर धानुकले १६ रन बनाउँदा सन्तोष भट्टले नटआउट १४ रन जोडे । हसनपुरका विनोद लामा र दिपेन्द्र सिंह ऐरीले २ तथा कप्तान विक्रम ठगुन्नाले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेको हसनपुर रोयल्सले १७.१ ओभरमा सवै विकेट गुमाएर ४८ रन मात्र बनाउँन सक्यो । हसनपुरका लागी विनोद लामाले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । क्याम्पसरोडका ललित सिंह भण्डारीले ४ विकेट लिए । त्यस्तै सागर भण्डारी र सन्तोष भट्टले समान २ विकेट लिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]