10 years ago
March 12, 2016
धनगढी, फागुन २९ धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल) सिजन–३ मा क्याम्पस रोडले रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको दोस्रो खेलमा क्याम्पसरोडले सन्तोषी टोलमाथि १२ रनको रोमाञ्चक जित निकालेको हो । ४ खेलबाट क्याम्पस रोडको ६ अंक छ । यस्तै दोस्रो स्थानको चौराहाको ४ तथा सन्तोषी टोलको पनि समान चार अंक नै भएपनि नेटरनरेटमा पछि छ ।

टस जितेर पहिले ब्याटिङ गरेको क्याम्पसरोडले पुरै ओभर खेलेर ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल बनाएको थियो । उसका लागि चन्द्र सावँदले ४१ रनको पारी खेले । रोमन बमले ३७ रन तथा राजन शेरचनले १२ रन जोडे । सन्तोषी टोलका महेश अधिकारी र प्रकाश कार्कीले समान ३ विकेट लिए भने सुनिल धमला र अमित बुढाले १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको सन्तोषी टोलले २० ओभरमा ९ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो । सन्तोषी टोलका लागि कप्तान राजु रिजालले ३२ तथा सुनिल धमलाले २६ रनको पारी खेलेपनि टीमलाई जिताउन सकेन । पुछारका ब्याट्सम्यान महेश अधिकारीले अविजित २२ रनको पारी खेल्दै आशा जगाएपनि अन्य ब्याट्सम्यानले साथ नदिदा पराजित हुन पुग्यो । क्याम्पसरोडका सन्तोष भट्टले ३ विकेट लिए । ललित सिंह भण्डारीले २ विकेट तथा चन्द्र साउँदले १ विकेट लिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]