7 years ago
November 4, 2018
लमजुङ (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ लमजुङको आयोजनामा लमजुङमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
आयोजक जिल्ला भलिबल संघ लमजुङले आइतबार बेसीसहरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पहिलो संस्करण यही मंसिर १४ गतेबाट १६ गतेसम्म बेसीसहर नगरपालिकास्थित फुलबारीमा हुने जानकारी गराएको हो ।
लमजुङमा समान ४/४ नगरपालिका र गाउपालिका रहेका छन् । हरेक स्थानिय तहबाट १/१ टिम गरी प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने जिल्ला भलिबल संघ लमजुङका अध्यक्ष बासु बरालले जानकारी गराए । उनले जिल्लामा प्रतिभावान भलिबल खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
पालिका स्तरीय भलिबल प्रतियोगिता लिक कम नकआउट सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको विजेताले ५० हजार रुपैया प्राप्त गर्नेछ । दोस्रोले २५ हजार तथा सेमिफाइनलमा पराजित हुने दुई टिमले समान १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सोही प्रतियोगिताको दौरान लमजुङमा जन्मेर भलिबलमा नाम कमाएका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ । सम्मानित हुनेहरुमा सिपोरा गुरुङ, दिपक थापा र ईश्वर कुमार श्रेष्ठ रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]