default_image

6 years ago

November 11, 2018

ओलम्पिक छनोट : म्यानमार र नेपालको बराबरी, छनोटको आशा कायमै

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्रको महिला फुटबलको छनोट चरणको प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले समूहको दोस्रो खेलमा आयोजक म्यानमारसँग १-१ को बराबरी खेलेको छ । यस नतिजासँगै नेपाल अंक तालिकामा तेस्रो भएपनि छनोटको सम्भावना जीवित रहेको छ ।

फिफा वरियतामा नेपालभन्दा ६४ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले खेलको सुरुवाती समयमै अग्रता लिएको थियो । नेपालको लागि खेलको दोस्रो मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । खेल सुरु भएको ४३ सेकेन्डमै म्यानमारकी डिफेन्डर वाई वाई औङले सावित्रलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । तर खिन मो वाईले १३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याइन । वाईले प्रहार गरेको कर्नर नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले रोक्ने प्रयास गर्दा सिधै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको ५९ औं मिनेटमा नेपालले पुन अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । काउन्टर अट्याकमा अगाडी बढेको नेपालका लागि सावित्रा भण्डारी र सरु लिम्बूले राम्रो वन-टु पास खेल्दै डिफेन्स लाइन छिचोलेका थिए । तर सरुले उपलब्ध गराएको अन्तिम पासमा सावित्राले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा गोल गर्न सकिनन् । त्यसअघि पनि नेपालले राम्रो मुभ सिर्जना गरेपनि डिफेन्स लाइन भने कटाउन सकेको थिएन ।

६५ औं मिनेटमा म्यानमारले पनि गोल गर्ने सुवर्ण अवसर चुकायो । वन भर्सेस वनको स्थितिमा गोलरक्षक एन्जिलाले उत्कृष्ट बचाउ गरिन् भने रिबाउन्डमा गीता रानाले गोललाइन बाट क्लियर गर्दै खेल १-१ को स्थितिमा कायम राखिन् । ७८ औं मिनेटमा पुनम जर्घा मगरको हेडर क्रसबारमा लाग्दै बहिरिंदा नेपाल अग्रता लिनबाट चुकेको थियो ।

त्यसअघि भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । भारतका लागि बालादेवीले ४, कमला देवीले २ तथा संजुले १ गोल गरिन् । बंगलादेशको लागि कृष्णा रानीले सान्त्वना गोल गरेकी थिईन । नेपालले पहिलो खेलमा भारतसँग १-१ को बराबरी खेलेको थियो । बंगलादेश भने म्यानमारसँग पहिलो खेलमा ५-० ले पराजित भएको थियो ।

यस नतिजासँगै नेपाल अंक तालिकामा २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा छ । भारत र म्यानमारको समान २ खेलमा ४-४ अंक छ भने अंकविहिन बंगलादेश पुछारमा रहेको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेर भारत र म्यानमारको खेल गोलरहित बराबरी भएमा नेपाल समूह विजेता हुनेछ । तर भारत र म्यानमारको खेलमा जित-हारको नतिजा आएर नेपालले बंगलादेशलाई हराएमा नेपाल समूहमा दोस्रो हुनेछ । दोस्रो भएको अवस्थामा छनोटका लागि भने नेपालले अन्य समुहको नतिजा पनि हेर्नुपर्नेछ ।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।

दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

May 19, 2024

सुमित्रा र राजनलाई वान रन हाफ म्याराथन उपाधि

ललितपुर (हाम्रो खेलकुद)- सुमित्रा चौधरी र राजन रोकायाले पहिलो वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन उपाधि जितेका छन्। आइतबार भएको हाफ म्याराथनको महिलातर्फ सुमित्राले १ घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । पुष्पा भण्डारी १ घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् । मञ्जु सुनार २ घण्टा ३ मिनेट ८ सेकेन्डको‌ […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.