default_image

10 years ago

March 19, 2016

हसनपुर र चौराहा विजयी

171 views

0 Bookmark

धनगढी, चैत ६ चौराहा र हसनपुरले सगरमाथा सिमेन्ट धनगढी क्रिकेटमा विजयी भएका छन् ।
लिग अन्तर्गत शनिवार भएको पहिलो खेलमा हसनपुरले सिवाईसी अत्तरियालाई ५ विकेटले तथा चौराहाले सन्तोषी टोललाई ८७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै हसनपुर रोयल्र्स दोस्रोमा र चौराहा तेस्रो स्थानमा उक्लिएको छ ।

dcl1`
अत्तरियाले दिएको १२३ रनको लक्ष्य हसनपुरले १ ओभर बाँकी छदै ५ विकेट गुमाएर लक्ष्य भेटायो । टीमका लागि ललित बमले २८, भिम सार्कीले २७, बसन्त सिंह कार्कीले २० तथा अमित पडालले १६ रनको पारी खेले । अत्तरियाका सुरेन्द्र चन्द, नबिन भण्डारी, दिपक खत्री, ज्ञानेन्द्र कुवँरले समान १–१ विकेट लिए पनि टीमलाई जित दिलाउँन सकेनन् । खेलका म्यान अफ द म्याच सयुंक्त रुपमा हसनपुर रोयल्र्सका भिम सार्की र अमित पडाल भए ।
यसअघि टस टस हारेर ब्याटिङमा उत्रिएको अत्तरियाले १९.५ ओभरमा आफ्ना सवै विकेट गुमाएर १ सय २२ रन बनायो । सिवाईसी अत्तरियाका लागि नरेश बोहराले २९ रनको पारी खेले । त्यस्तै सुरेन्द्र चन्दले १७, महबुव आलमले १६ र शैलेश कडायतले १३ रनको पारी खेले । हसनपुर बिनोद लामाले ३ विकेट लिए । प्रकाश थापाले २ विकेट लिए ।
यस्तै शनिबारै भएको दोस्रो खेलमा टीम चौराहाले सन्तोषी टोललाई ८७ को फराकिलो अन्तरले पराजित पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चौराहाले २० ओभरमा सवै विकेट गुमाएर २ सय १९ रनको विशाल लक्ष्य बनाएको थियो । सानी तामाङले ९५ रनको पारी खेले । ५४ बलको सामना गर्दै उनले ८ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै पदम केसीले ४९ बलमा ७७ रनको ईनिङ खेले । चौराहाका योगेन्द्र सिंह कार्कीले अभिजित २२ रनको ईनिंग खेल्दा २ चौका र १ छक्का प्रहार गरे ।
सन्तोषी टोलका महेश अधिकारीले एकमात्र विकेट लिन सके । जवाफी ब्याटिङमा सन्तोषी टोलले सवै ओभर खेल्दै ९ विकेट गुमाएरु १ सय ३२ रन बनायो । ओपनर विजय रानाले ४२ रनको पारी खेल्दा प्रेम आउँजीले २९ रन बनाए । त्यस्तै अमित साहु १९ रनमा पवेलियन फर्किए । चौराहाका पदम केसीले ४ विकेट लिए त्यस्तै अमन पन्थि, किरण ठगुन्नाले समान १ विकेट पाए । प्रतियोगिता अन्र्तगत आइतबार हसनपुर रोयल्र्स र क्याम्पसरोड तथा चौराहा र सिवाईसी अत्तरियाबीच खेल हुनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.