default_image

8 years ago

March 20, 2016

खेलाडीलाई क्षणिक सम्मान भन्दा दीर्घकालीन जिउने आधार उपलब्ध हुनु पर्ने -प्रकाश श्रेष्ठ

प्रकाश श्रेष्ठ बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका  खेलाडीहरु देशको नाम राख्ने , संसारभरी देशलाई चिनाउने गौरभ-गाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज हरेक व्यक्तीहरुमा विश्व कप फुटवलमा अंग्रपंक्तीमा रहने देशहरुको नाम र खेलाडीहरुको नाम मुखाकार छ । ब्राजिल , अर्जेन्टिना, जर्मनी, ईटाली ,ईङ्ल्याण्ड लगायत देश र त्यहाँका […]

51 views

0 Bookmark

प्रकाश श्रेष्ठ
बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका 
prakash shresthaखेलाडीहरु देशको नाम राख्ने , संसारभरी देशलाई चिनाउने गौरभ-गाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज हरेक व्यक्तीहरुमा विश्व कप फुटवलमा अंग्रपंक्तीमा रहने देशहरुको नाम र खेलाडीहरुको नाम मुखाकार छ ।
ब्राजिल , अर्जेन्टिना, जर्मनी, ईटाली ,ईङ्ल्याण्ड लगायत देश र त्यहाँका चर्चित खेलाडीहरुको नाम सबै युवापंक्तीमा चर्चामा आईरहने विष्यवस्तु हुन्छ । क्रिकेटमा भारत, पाकिस्तान , श्रीलंका, बंगलादेश, वेस्ट ईन्डिज ,ईङ्ल्याण्ड आदीको नाम चर्चामा हुन्छ । त्यस्तै एथलेटिक्स गेमहरुमा  चीन, अमेरिका , जापान आदी देशहरुको नाम चर्चामा आउने गर्दछ । अझै प्रत्येक ४ बर्षमा आयोजना गरिने विश्व कप फुटवलको चर्चा विश्वभरिनै बढी र महत्वका साथ हेर्ने गरिन्छ ।
नेपालले अन्तराष्ट्रिय स्तरका खेलहरुमा भाग लिने क्रम आजकल ह्व्त्तै बढेको छ । फुटबल खेल र एथलेटिक्स खेलहरुमा पहिले बाटै राष्ट्रिय -अन्तराष्ट्रियरुपमा खेल्ने , खेलहरुको आयोजना गर्ने भएतापनि क्रिकेट खेलमा जुनकिसिमको लगाव र पपुलारिटी नेपालमा युवा जमातहरुमा बढ्दै गएको छ त्यसको ईतिहास नेपालमा त्यती लामो छैन । छोटो समयमै राम्रो प्रगती गरेको खेल भनेको क्रिकेट नै हो । तापनि लामो समयको पर्खाई पछि झण्डै २३ बर्ष पछि नेपालले अन्तराष्ट्रियस्तरको “साग” खेलमा स्वर्ण पदक भर्खरै हात पारेको छ ।
यो सफलता यस अर्थमा पनि महत्वपुर्ण छ की नेपालमा लामो समयसम्म फुटवल खेलमा देखिदै आएको पराजय र पराजय हुनुको प्रमुख कारक तत्व आर्थिक प्रलोभनमा दुई दशक भन्दा बढी अखिल नेपाल राष्ट्रिय खेलकूद परिषदको बागडोर समालेर बसेका गणेश थापा र उनकै मातहतमा रहेर खेल्ने खेलाडीहरु समेत गेम फिक्सींगको गलत चक्रव्यूहलाई अंगिकार गरे जुन केही समय अगाडीमात्र प्रहरी अनुसन्धानबाट खुल्न आयो । अर्को तर्फ भुकम्पको पिडाबाट विक्षिप्त भईरहेका नेपाली माथी छिमेकी देश भारतले नै अमानवीय तरिकाले आर्थिक नाकाबन्दी लगाएर चराएको घाउँमा नुन-चुक छर्ने काम गर्यो र यही पिडालाई शक्तीको रुपमा रुपान्तरण गरेर नेपाली फुटवल खेलाडीहरुले ठुलो आत्मबल र बदलाको भावनाले खेल खेलेर भारतिय भुमि मै विजयको झण्डा फराउन सफल भए ।
यस्तो चरम अभाव र कठिनाईको विचमा समेत लामो समय सम्म फुटवल खेलमा देखिएको पराजयको अवस्थालाई चिर्दै नयाँ उर्जा र सम्भावनाहरु बोकेर शान्दार विजयले कुन नेपालीको मन हर्षले रंगिएको छैन होला । यसैले त जताततै फुटवलकै चर्चा छ आजकल , चाहे त्यो विदेशमा १२-१४ घण्टा श्रम गर्ने नेपाली होस् वा नेपालमै काम गर्ने , पढ्ने विद्यार्थी , गाउँमा खेतवारीमा काम गर्ने किसान होस् वा राजनिती गर्ने नेता नै किन नहोस् सबैले आ-आफ्नै किसिमबाट खेलाडीहरु , प्रशिक्षकलाई बधाई दिईरहेका छन् र खेलाडीहरुलाई  स्वागत गर्दै काठमाण्डौ शहर परिक्रमा गरिएको खवरहरु आईरहेका छन् । यो खेलाडीहरुलाई गरिएको ठुलो सम्मान पनि हो र आगामी दिनहरुमा थप जिम्मेवार भएर खेल्नको लागी दिईएको प्रेरणा पनि हो ।
हो अहिले सरकारी अधिकारीहरुले समेत खेलाडीलाई विशेषरुपमा ख्याल गर्ने अभिव्यक्ती पनि दिएका छन् त्यो पक्कै पनि खुशीको कुरा हो तथापी अहिले ताजा घटनाक्रम हुँदा क्षणिक सम्मान र आश्वासनहरु बाँड्नु र विस्तारै समय वित्दै जाँदा सबै विर्सदै जाने अवस्था पनि आउन सक्नेमा भने खेल प्रति चासो राख्ने आम व्यक्तीहरुको शंका भने देखिदै आएको छ । विगतमा पनि यस्तै घटनाहरु क्रिकेट खेलहरु जितेर खेलाडीहरु विदेशबाट स्वदेश आउने क्रममा नभएका होईनन् । अत: अब सरकार र सरोकारवालाहरुले के कुरा बुझ्नु पर्यो भने खेलाडीहरुलाई केवल क्षणिक सम्मान र आश्वासन मात्र हैन दीर्घकालीनरुपमा जिवन जिउन पुग्ने आधारहरु , विकल्पहरु व्यवस्था गरिदिनु पर्यो किनभने आखिर उनीहरुलाई खेल खेलेरै सम्मानजनकरुपमा जीवन बिताउन नसक्ने हो भने खेलाडीहरु फेरी पनि म्याच फिक्सिंग जस्ता घातक काम गर्न उत्प्रेरित हुँदैनन् भन्न सकिदैन । साथै खेल जगतबाट हात झिकेर अरु नै पेशामा आवद्ध नहोलान् भन्न सकिदैन । तसर्थ खेलाडीहरुलाई जिवन जिउन पुग्ने गरि आर्थिक सुविधा , खेललाई पुर्णकालिन समय दिन सकिने गरि Job हरु , आवासको सुविधा ,नि:शुल्क औषधी उपचारको व्यवस्था ,उनीहरुका  बाल-बच्चालाई निशु:ल्क पढ्ने व्यवस्था र खेल जीवनमा निश्चित समय योगादान पुर्याए पछि पेन्सन लगायत आजीवन सुविधाहरु दिने व्यवस्था हुनु पर्दछ । यसो हुन सके मात्र खेलाडीहरुले निर्धक्क खेलमा नै जीवन समर्पित गर्न सक्छन् अन्यथा फुटवल, क्रिकेट  लगायत सबैखाले खेलहरु खेल्ने खेलाडीहरु पेशेवाररुपमा खेल खेल्न सक्दैन हुनत आजकल नेपालमा पनि विभिन्न खेलसँग सम्बन्धित क्लवहरुबाट खेल खेलेर केही आर्थिक जोहो खेलाडीहरुले गरेको पाईन्छ त्यस्तो आर्थिक सपोर्ट नेपालमा त्यती धेरै पर्याप्त  भारत लगायत अन्य मुलुकहरुको जस्तो छैन र यसमा क्रमश विकास हुने क्रम मात्रै छ अर्थात् सरकारी तथा गैर सरकारी तवरबाट राम्रो आर्थिक सपोर्ट नभई खेलाडीहरुको खेलबाट जीवन राम्रोसँग गुजारा हुन सक्ने अवस्था देखिदैन ।
खेलाडीहरु पनि आम मान्छेहरु हुन् , उनीहरुको बाल-बच्चाहरु ,श्रीमान्/श्रीमती, परिवारहरु , आफन्तहरु हुन्छन् ,उनीहरुले पनि आम मान्छेले झै सबै जिम्मेवारी पुरा गर्नु पर्छ तसर्थ उनीहरुलाई आम मान्छे सरह जीवन जिउने आधार जसरी हुन्छ पुरा गरिनु पर्दछ । अझै उनीहरु देशलाई चिनाउने , देशका लागी खेल्ने व्यक्तीहरु भएकोले उनीहरुलाई विशेष सरकारले र खेलजगतले ध्यान दिनु पर्छ । केवल नामले मात्र जीवन चल्दैन , जीवन चलाउन आर्थिक साधन नै चाहिन्छ तसर्थ उनीहरुलाई दीर्घकालीन तवरबाटै खेल क्षेत्रमा आवद्ध हुने वातावरण खडा गर्नको लागी खेलकूद मन्त्रालय , खेलकूद परिषदले निश्चित सेवा-सुविधाको प्याकेजहरु सरकार सामु पेश गरि त्यसलाई पारित गरेर एेन, नियमको व्यवस्था गरेर तत्काल लागु गर्नु जरुरी छ ।
निजी क्षेत्रमा क्रियाशील संघ- संस्थाहरुले समेत खेलाडीलाई प्रोत्साहित गर्नको लागी विशेष कार्यक्रमहरु बनाएर छुट्टै फण्डको व्यवस्था गरि पुरस्कार र सम्मान स्वरुप केही आर्थिक सहयोग समेत दिने व्यवस्था गर्ने प्रचलन चलाउन सके खेलाडीहरुलाई थप खेल प्रति लगाव र उत्साह जगाउन सकिने देखिन्छ ।

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]

April 22, 2024

गल्कोटलाई नवौं सिल्भर रनिङ कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरीसम्मिलित गल्कोट स्पोर्ट्स क्लब जापान टाेकियाेले नवौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो । […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

Success

Thank you for your time.