default_image

6 years ago

November 14, 2018

सातो कप खेल्न पर्शुराम क्यानाडातर्फ

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानाडा प्रस्थान गरेका छन् ।

३५ राष्ट्रको सहभागितामा प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । भेन्कुभरमा हुने प्रतियोगितामा पर्शुरामले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षमा मुकेश बरुवाल रहेका छन् । बरुवाल नोभेम्बर ११ तारिखमै क्यानाडा पुगिसकेको पर्शुरामले जनाएका छन् ।

बरुवाल मकाउबाट क्यानाडा गएका हुन् । पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले विदार्ई गरे ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

December 8, 2024

हेडको शतक र बलर चम्कदा अस्ट्रेलियासँग भारतको हार

एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]

Success

Thank you for your time.